सिटौलाले ल्याए प्रण


प्रकाश पौडेल
विर्तामोड झापा
झापाली युवा विवेक सिटौलाले एकल एल्बम प्रण बजारमा ल्याएका छन् । उक्त एल्बममा लोक रक, रिमिक्स, स्लो रक, पप फ्युजन, लोक फ्युजन जस्ता गीत–संगीतहरु समावेश गरिएको छ । 
पूर्वी नेपालको ताप्लेजुङमा जन्मेका सिटौलाको एकल एल्बम प्रणमा सातवटा गीतहरु समावेश गरिएको छ । 
सो एल्बममा लक्र्यो लक्र्यो, चरी मर्यो, मुटुभरी, जागिर छैन, माईखोला, हुन्न किन, लगायतका बोलका गीतहरु रहेका छन् । समावेश गीतहरुमध्धे चरी मर्यो र मुटुभरी बोलको गीतमा सिटौलाको शव्द संगीत रहेको छ भने बाँकी गीतहरुमा शिवराज गुरुङ, प्रताप बराईली, लगायतको शव्द संगीत रहेको छ । प्रण सिटौलाको पहिलो एल्बम हो । 
सानैदेखि संगीतमा रुमलीने सिटौलाले मोफसलमा रहेर पनि नेपाली गीतसंगीत पारखीहरुलाई नयाँ आयाम दिने प्रयासमा छन् । संगीत मेरो भूत थियो, बर्तमान र भविष्य पनि यहि नै हो । यो मेरो कसम हो ।’ सिटौला भन्छन् –त्यसैले पहिलो एल्बमको नाम प्रण राखेका हौं । उनि गायक नारायण गोपाल, दीपक खरेल भरत सिटौला र रामचन्द्र काफ्लेको प्रेरणाबाट यो एल्बम निकाल्न सफल भएको बताउँछन् । 
उनको एकल एल्बम प्रणमा समावेश भएका गीतहरु युवावर्गलाई लक्षित छ । क्लासिकल, रक संगीत बढी सुन्न रुचाउने सिटौलाको पहिलो एल्बममा समावेश गीतहरुले हरेक युवाहरुको प्रतिनिधित्व गर्ने विश्वाश लिइएको छ । 
प्रणलाई एशियन म्यूजिक कम्पनीले बजारमा ल्याएको हो । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...