पूर्वी नाकाबाट छिर्ने पर्यटक बढेनन्


सन् २०११ को जनवरीमा काँकडभिट्टाबाट ४८५ जना, सन् २०१० को सोही महिनामा सो नाकाबाट ४७६ जना तेस्रो मुलुकका पर्यटक भित्रिएको पर्यटन कार्यालय काँकडभिट्टाले जनाएको छ।
काँकडभिट्टाको पैदल मार्ग हुँदै भारतीय पर्यटक पनि नेपाल आउँछन्। तर, भारतीय पर्यटकको तथ्याङ्क राख्ने प्रचलन छैन। पर्यटन कार्यालयले यस वर्षको जनवरीमा बङ्गलादेशबाट ४५, कोरियाबाट १४५, अमेरिकाबाट ४६, बेलायतबाट २५, जापानबाट ४६, स्वीडेनबाट ११, क्यानडाबाट १४, जर्मनीबाट ९ र अन्य १४४ जना तेस्रो मुलुकका पर्यटक यस नाकाबाट भित्रिएको जनाएको छ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...