दुर्घटनामा तीनको मृत्यु


मोरङ, झापा र सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी तीनजनाको मृत्यु भएको समाचारदाताहरुले जनाएका छन् ।
मोरङको डाँगिहाट–५ लक्ष्मीमार्गस्थित सडकखण्डमा मङ्गलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पथरी घर भई इटहरीमा बस्दै आएका २२ वर्षीय तेजेन्द्र पोखरेलको मृत्यु भएको छ । पूर्वतिर जाँदै गरेको को. ७ प ५७०० नम्बरको आपाची मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा दुर्घटना भएको थियो । अस्पतालतर्पm लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको बेलबारी इलाका प्रहरी कार्यालयले जनाएको छ । पोखरेल सवार मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनताएको छ ।
यस्तै, सप्तरीको बरमझियामा मङ्गलबार यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । विराटनगरबाट जनकपुरतर्पm जाँदै गरेको को. १ ख. २९१२ नम्बरको सुपर गुराँस यातायात यात्रुवाहक बसले ठक्कर दिँदा को. ३ प १९२९ नम्बरको मोटरसाइकलमा सवार चालक सप्तरीको पोर्ताहाका १९ वर्षीय बमबम गुप्ताको मृत्यु भएको हो ।
बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ भने शवलाई पोष्टमार्टमका लागि सगरमाथा अञ्चल अस्पताल लगिएको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि स्थानीयले घण्टौंसम्म सडक अवरुद्ध गरेका थिए । पछि प्रहरीको सक्रियतामा जाम खुलाइएको थियो ।
यसैगरी झापाको मेचीनगर–१० मा मङ्गलबार नै भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको ट्याक्टरले मेचीनगर–१२ इँटाभट्टाका पैदल यात्री ६० वर्षीय गर्रा किसानलाई अपराह्न २ बजे ठक्कर दिएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...