वोक्साको आरोपमा धामीलाई मलमुत्र खुवाईयो ।


वोक्सोलागेको आरोपमा झापामा एक पुरुषलाई स्थानिय केही व्यक्तिले कुटपिट गर्नुका साथै मानव मलमुत्र खुवाएका छन् ।
पाँचगाछी गाविस ३ विश्वडुव्वाका ४५ वर्षीय वीर वहादुर राजवंशीलाई सोही गाविसका भूतपूर्व गाउँ पञ्चायतका उप प्रधानपञ्च तथा छिमेकी नातीलाल राजवंशी र मेवालाल राजवंशी सहितको नेतृत्वमा कुटपिट गरी मानव मलमुत्र खुवाइएको हो । पिडित वीर वहादुरका ज्वाइँ महाभारा गाविस ४ निवासी देवेन्द्र नारायण राजवंशीले दीएको जानकारी अनुसार सोमवार विहान राजवंशीको घरमा नै आएका समुहले कुटपिट गरी मलमुत्र घोलेर जवर्जस्ती खुवाएको थियो ।
धाँमीझाँक्रीको काम गर्दै आएका वीर वहादुरले झारफुक गरी वोक्सो लगाएर स्थानियलाई विरामी वनाएको आरोप लगाइएको थियो । वोक्सोको आरोपमा सोमवार नै कुटपिट गरिएका वीर वहादुरलाई कहीँ पनि नभन्न र उजुरी नगर्न नातीलालले दवाव दिएका थिए । यदि कसैलाई भने वा उजुरी दिए ज्यान मार्ने धम्की दिएकाले पिडिले हालसम्म घट्ना वाहिर नल्याएको पिडितको भनाइ छ ।
पिडितले न्यायकालागि अधिकारकर्मी लगायतका संघ संस्थासमक्ष आव्हान गरेका छन् । @ Purbeli Times

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...