नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ । प्राधिकरणको अनुसार अब दैनिक १४ घण्टाको दरले सातामा ९८ घण्टा विद्युत कटौती हुने छ । लोडसेडिङको नयाँ तालिका भने आउँदो सोमबारदेखि मात्र लागु हुने प्राधिकरणले जनाएको छ ।
यसअघि दैनिक १२ घण्टाको दरले सातामा ८४ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।
सुख्खायाममा जलसायमा पानीको सतह घटेकोले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरणले जनाएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...