मैत्रीपूर्ण खेलमा एनआरटी पराजीत


काँडभिट्टा – राजधानीको न्युरोड टीम (एनआरटी)   झापाको मेची फुटवल क्लवसंग पराजित भएको छ । 
आइतवार यहा सम्पन्न मैत्रीपुर्ण फुटवल प्रतियोगितमा ए डिभिजन एनआरटीलाई मेचीले १–० को गोल अन्तरले पराजित गर्यो । 
एनआरटी र मेचीका खेलाडी प्रतिस्पर्धा गर्दै । तस्वीर सौजन्यः कृष्ण सिंजाली 
काँडभिट्टा माविको मैदानमा सम्पन्न खेलमा मेचीका कुमार गिरीले दोश्रो हाफको १० मिनेटपछि  एनआरटीविरुद्ध गरेको गोल निर्णायक वनेको थियो । विक्रम लिम्वुको क्रसलाई कुमारले सदुपयोग गर्दै जाली चुमाएका थिए । भारतको सिलिगुडीमा संचालित छैटौ सुकुना गोल्डकपमा पहिलोपटक सहभागिता जनाउन आएको एनआरटीले मेचीसंग मैत्रीपुर्ण खेल खेलेको हो । 
एनआरटीवाट लक्ष्मण रुचाल, राजिव गुरुङ, र रघु प्रजापति र गोलकिपर विनय राईलगायतका खेलाडी सम्मिलित छन् । मेचीले मिन वस्नेत, सचिन्द्र धिमाल, कर्ण सुव्वा, हेम गुरुङ, विशाल तामाङ, कुमार गिरीलगायतका खेलाडी सहभागि थिए । मेचीको टोलीमा १० जना जावलाखेलसंग आवद्ध  छन भने एक जना मुना सुव्वा वासवारी क्लववाट खेल्छन् । 
एनआरटीले सुकुना गोल्डकपमा झापाको मेची फुटवल क्लवसंग मंगलवार प्रतिस्पर्धा गर्दै छ । त्यसैको अभ्यासका लागि मैत्रीपुर्ण खेल आयोजना गरिएको हो । मिनी सार्क कप मानिने सुकुना गोल्डकपको फाइनल आउदो शुक्रवार हुने छ । 


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...