
देविप्रसाद रेग्मीले झलनाथ खनालका गालामा हानेको थप्पडले देशै हल्लियो। थप्पड खाएको तीनहप्ता नपुग्दै झलनाथ खनाल प्रधानमन्त्री भए। तर यो थप्पड पहिलो भने होइन। अरु धेरै थप्पडकाण्ड भएका छन् नेपालमा। देशै हल्लाउने ६ वटा थप्पडकाण्ड भएका छन् नेपालमा। अब सातौ थप्पड कस्का गालामा पर्ने हो अहिले नै भन्न सकिन्न।
थप्पड नम्बर १
कुरा पचायतकालको हो , त्यतिबेला स्वास्थ्य सहायकमन्त्री थिए -वद्रीप्रसाद मण्डल। उनले वीर अस्पतालकी एकजना नर्सलाई थप्पड लगाए। हातपात गरेपछि ठूलै हंगामा मच्चियो। हातपातको घटना भएको १२ घण्टामात्रै भएको थियो। स्वास्थ्य सहायकमन्त्री रहेका मण्डललाई मन्त्रीपदबाटै मुक्त गरियो।
थप्पड नम्बर २
२०५१ साल साउन ६ गते बुधबार संसद भवन सिंहदरबारमा राष्ट्रिय सभाको बैठक चलिरहेको थियो। एमालेका तत्कालीन सभासद् गोल्छे सार्की बोलिरहेका थिए। त्यतिबेला स्थानीय विकाशमन्त्री थिए कांग्रेस नेता रामचन्द्र पौडेल। आफू बोलिरहंदा स्थानीय विकासमन्त्री पौडेलले जिस्काएको भन्दै एकाएक रन्किए गोल्छे सार्की। अनि सरासर मन्त्री पौडेलका गालामा पाँंच चड्कन लगाइदिए। राष्ट्रियसभाको बैठकमा खैलाबैला नै मच्चियो।
थप्पड नम्बर ३
२०६६ साल कार्तिक २४ गते मंगलबार तत्कालीन माधवकुमार नेपालको सरकारमा कृषि तथा सहकारी सहायक मन्त्री करिमा बेगमले पर्साका सिडिओको गालामा पाँच थप्पड लगाइन। दिउँसो साढे १ बजे पर्सा जिल्ला प्रशासन कार्यालयभित्र प्रवेश गरी करिमाले प्रजिअ दुर्गाप्रसा भण्डारीलाई चड्कन लगाएकी थिइन्। करिमाले हातपात गर्दा भण्डारीको चस्मा फुट्यो। करिमालाई कारवाही भएन।
थप्पड नम्बर ४
२०६५ साल जेठ १५ गते बुधबार। संविधासभाको पहिलो बैठक। सुर्खेतकी सभासद् कमला शर्माले पूर्वगृहमन्त्री तथा कांग्रेस सभासद् पूर्णवहादुर खड्कालाई चड्कन लगाइन्। त्यो पनि हातले होइन चप्पल फुकालेर। त्यसपछि बैठकमा नै हंगामा भएको थियो। त्यतिबेला कमला शर्मालाई पनि कुनै कारबाही भएन।
थप्पड नम्बर ५
२०६७ साल माघ ६ गते। एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरी भरौल १ का देवीप्रसाद रेग्मीले गालामा चड्कन लगाए। खनालले एमालेमा प्रवेश गर्ने कार्यकर्तालाई टिका लगाउने क्रममा झुक्याएर लाइनमा आएका रेग्मीले खनाललाई चड्कन लगाए। यो चड्कनले पनि विश्वव्यापी चर्चा पायो। त्यसको १५ दिन बित्न नपाउदै झलनाथ खनाल मुलुकका प्रधानमन्त्री भए।
थप्पड नम्बर ६
२०६७ माघ १८ गते। गोरखा जिल्ल्ाा पार्टी कार्यालयबाट बाहिर निस्कादै गर्दा अध्याारो ठाउामा ढुकेर बसेका किसान श्रेष्ठले पार्टी पोलिटव्यूरो वैकल्पिक सदस्य एवं गण्डकी संयोजक क.खगराज अधिकारीलाई “मलाई कारवाही गर्न लगाउने ताै हैनस” भन्दै आक्रमणको दुस्प्रयास गरे। एमालेका पोलिटब्यूरो सदस्य खगराज अधिकारीलाई एमालेकै कार्यकर्ताले झापड लगाएको भनी समाचार बाहिर आयो र यो पनि चर्चा कै विषय बन्यो । @ weeklynepal

ha ha ha ha, Ramchandra Poudel le chai majaile khayechan chadkan ....
ReplyDelete