सुनसरीको गौतमपुर–४ स्थित जनता माध्यमिक विद्यालयमा बिहीबार स्थानीयवासी र विद्यालय प्रशासनबीच झडप भएको छ ।
विद्यालयमा भएको तालाबन्दी खोल्ने र खोल्न नदिने पक्षबीच भएको झडपमा चारजना घाइते भएका छन् । झडपमा परी गौतमपुरका दिपु मेहता, श्रीप्रसाद मेहता, रणवीर मेहता र प्रमानन्द मेहता सामान्य घाइते भएको स्थानीय धर्मवीर आर्यले जानकारी दिए ।
विद्यालयमा कर्मचारी नियुक्तिमा प्रधानाध्यापक चौधरी यादव र व्यवस्थापन समितिका अध्यक्ष दौरिकलाल शाहले मनोमानी गरेको भन्दै बुधबारदेखि दोस्रोपटक तालाबन्दी गरिएकोले विवाद उत्पन्न भएको हो । झडप मिलाउन गएका प्रहरी र स्थानीयबीच समेत तनाव उत्पन्न भएको छ । विद्यालयमा तालाबन्दी गर्न गएका स्थानीयवासी र ताला खोल्न गएका प्रहरीबीच तनाव भएको हो । विद्यालयमा कर्मचारी नियुक्तिको विषयमा स्थानीयले लगाएको ताला विद्यालय प्रशासनले जबर्जस्ती फुटाउन खोज्दा झडप भएको हो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...