पशुपतिनगर/ इलामको बाँझो–८ लारुम्बामा बुधबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएका छन् ।
दमकबाट पाँचथरको रवि जाँदै गरेको मे. १ ख १८१५ नम्बरको ट्रक सडकबाट पल्टँदा चालक नरेन्द्र राईको मृत्यु भएको हो । राई पाँचथरको भारपा–६ का बासिन्दा हुन् । बुधबार बिहान ७ बजे भएको दुर्घटनामा सहचालक सन्तोष इभा घाइते भएका छन् । उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
साँघुरो र भिरालो बाटो भएका कारण ट्रक दुर्घटनामा परेको इलाम जिल्ला ट्राफिक कार्यालयका प्रहरी जवान दीपक खड्काले जनाए ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...