न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो


न्यू योर्क- अमेरिकामा नेपाली काँग्रेस समर्थक काँग्रेसी बन्धुहरुमा बिगत ४ बर्षदेखी पर्न थालेको बिभाजनको खाडल झन झन भास्सिदै जान थालेको छ। र त्यो खाडलमा कुन कुन काँग्रेसी नेताहरु पुरिने हुन् त्यो भने हेर्न बाँकी छ।

नेपाली जनसंपर्क समिती अमेरिकाको न्यू योर्क च्याप्टरको दोश्रो अधिवेशन आगामी मार्च ६ तारिख दुई छुट्टाछुट्टै अधिबेशन गर्ने सुचना प्रबाहित भएपछि काँग्रेसी रडाकोले यो दुस्खद रुप लिएको हो।

जन संपर्क समिती अमेरिकाका संयोजक खगेन्द्र जिसी नियुक्त एबं आशिर्बाद प्राप्त कृष्ण पोख्रेल संयोजक रहेको समिती र सह(संयोजक नबिन शेरचनले नेत्रित्व गरेको अधिकाँश न्यू योर्कबासी बागी काँग्रेसी बन्धुहरु सम्मिलित समूहले यसरी दुई छुट्टा छुट्टै अधिबेशन गर्न लागेको हो।

यस अघी गत बर्षको नोबेम्बर २७ मा पोख्रेल नेत्रित्वको समितीले अधिबेशन गर्ने घोषणा गरेपछि बागी समूहले त्यसको एक हप्ता अघी नोबेम्बर २० मा समानान्तर अधिबेशन गर्ने घोषणा गरेको थियो तर दुई पक्षबिच सबैलाई सहभागी बनाएर संयुक्त अधिबेशनको मिती तय गर्ने सहमती भएपछि २० तारिखको पूर्व सन्ध्यामा अधिबेशन स्थगित गरिएको थियो।

तर बागी काँग्रेसीहरुको दाबीअनुसार सबैलाई समेट्ने र सल्लाह लिनुको साटो संयोजक जिसीको आशिर्बादमा न्यू योर्क च्याप्टर संयोजक पोख्रेलद्वारा कसैलाई खबरै नगरी मार्च ६ तारिख अधिबेशन गरिने घोषणा गरिएपछि आश्चर्यचकित हुन पुगेका बागी काँग्रेसी बन्धुहरुको फेब्रुवरी २१ तारिख बसेको आकस्मिक बैठकद्वारा पुनस् चुनौती दिदै न्यू योर्कमा परिचित ३८ जना काँग्रेसी बन्धुहरुको तयारी समितीको सुचीसहित सोही दिन ९मार्च ६ तारिख० नै अर्को अधिबेशन गर्ने घोषणा जारी गरिएको छ।

अर्को तथ्य ति काँग्रेसी सुत्रले युएस नेपाल अनलाइनलाई स्मरण गराएकि बागी समुहले यस अघी केन्द्रिय संयोजक जिसीकै राजिनामा माग गरेका थिए भने अब त्यो माग पुनस् ब्युँतिन सक्छ।

यता न्यू योर्क च्याप्टरमा ११ सदस्यीय समितीबाट राजिनामा दिनेहरुको संख्या ८ पुगेको छ। अब संयोजक पोख्रेलसंग उनी आँफैसहित ३ जना मात्र बाँकी रहेकाछन्, ती हुन्- च्याप्टर महासचिब बिकास बिष्ट तथा माया भट्ट, जो केन्द्रिय संयोजक जिसिकी दिदी हुन्। यसरी ११ सद्स्यबाट ८ जनाले राजिनामा दिइसक्दा पनि संयोजक पोख्रेलले खबरै नगरी अधिबेशनको घोषणा गर्नुलाई न्यू योर्कबासीले अनिस्टको संकेत मान्नु अब  कुनै अनौठो रहेन।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...