निजी विद्यालयहरुको संगठन एन प्याव्सन झापाले आयोजना गरेको झापा जिल्लास्तरिय विद्यालय जुनियर फुटबल प्रतियोगिताको उपाधि मेचीनगरको सुर्योदय अंग्रेजी विद्यालयले हात पारेको छ ।
आज झापाको केर्खामा सम्पन्न प्रतियोगितको फाईनल खेलमा सुर्योदयले मेचीनगर कै अरुणोदय अंग्रेजी विद्यालयलाई १-० ले हराउँदै उपाधी कव्जा गरेको हो ।
जीतसँगै सुर्योदयले नगद ५ हजार रूपैयाँसहित ट्रफी हात पारेको छ भने उपविजेताले नगद ३ हजार रूपैयाँ र ट्रफी प्राप्त गरेको छ ।त्यसैगरि प्रतियोगिताको तेस्रो स्थान बिजेता बिर्तामोडको इडन गार्डेन बोर्डिङ स्कुलले नगद १ हजार रूपैयाँ र ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगिताको हाई स्कोरर वण्डरल्याण्ड बोर्डिङका शिव श्रेष्ठ र उत्कृष्ठ खेलाडी सुर्योदयका उपेन्द्र राउत घोषित भए । उनीहरुले नगद १/१ हजार रूपैयाँसहित ट्रफी हात पारे ।
कार्यक्रमका प्रमुख अतिथि तथा झापा जिल्ला शिक्षा कार्यालयका उपसचिव फनिन्द्र खत्री र एन प्याव्सन झापाका अध्यक्ष जय बहादुर श्रेष्ठले बिजेता र उपबिजेता टिम तथा खेलाडीहरुलाई पुस्कार बितरण गर्नु भएको थियो । @ Purbeli Times



No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...