लिबियाका सातसय नेपालीलाई इजिप्ट सार्ने तयारी


सरकारले लिबियामा रहेको करिव सात सय नेपालीलाई इजिप्टमा सार्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लिबियामा जारी सरकार विरोधी आन्दोलनका कारण त्यहाँ रहेका नेपालीहरु असुरक्षित बनेको भन्दै इजिप्टमा पार्ने निर्णय गरेको हो ।
बैठकपछि विनाविभागिय मन्त्री विष्णु पौडेलले भन्नुभयो-’लिबियामा जारी आन्दोलनका कारण केही नेपालीको वासस्थानमा असर परेकाले करिव ७ सयलाई इजिप्टमा सार्न सरकारले तयारी गरिरहेको छ ।’ त्यसका लागि बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजूको नेतृत्वका एक टोली बुधबार राति इजिप्ट प्रस्थान गरेको छ । टोलीले नेपालीलार्इ इजिप्टमा सार्न कुटनीतिक पहल गर्नेछ ।
बटाजूका अनुसार टोलीले लिबियाको दर्ना भन्ने स्थानमा रहेका करिव सात सय नेपालीलाई पैदल मार्ग हुँर्दै इजिप्टमा सारिनेछ । उनीहरुलाई नेपाल ल्याउने/नल्याउने भन्ने अझै तय भइसकेको छैन । बैदेशिक रोजगार व्यवसायी संघका अनुसार लिबियामा हाल करिव १८ सय नेपाली रहेको भएका छन् ।
जसमध्ये आन्दोलन चर्किएको बेङ्गाजीमा रहेका ७०/८०,कर्नेल गद्धाफीको गृहनगरमा रहेका ३०/४० र डेयनामा रहेका करिव ६० जनाको भने उद्धार गर्न प्राय: असम्भव देखिएको छ । सरकारविरोधी आन्दोलनका कारण उनीहरुको उद्धार गर्न सक्ने अवस्था नरहेको बटाजूले बताउनु भयो । अल्जेरियाको वर्डर नजिकै घाटमा एक चाइनिज कम्पनिमा कार्यरत नेपालीलाई भने कम्पनीले नै त्यहाँबाट सार्ने प्रयास थालेको बताइएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...