रामचन्द्र नेपाल/Yogendra Yogi
क्वालालम्पुर मलेसिया, विश्व साईकलयात्री शौरभ दाहाल मलेसियाको एक महिने भ्रमण पछि बुधवार थाईलेण्ड जादैछन् । सबैको लागि समान शिक्षा,बिश्व शान्ति लगायत वातावरण संरक्षणको नारा लिएर ०५९ सालमा
नेपालबाट आफ्नो यात्रा थालेका सौरभ २९ राष्ट्रको भ्रमण पछि एक महिना अगाडि मात्रै मलेसिया आईपुगैका थिए । मलेसियामा उनले विश्वकै चर्चीत पर्यटकीय क्षैत्र ज्ञान्तीग हाईलैण्ड,विश्वकै चर्चीत मलक्कामा रहैकौ चिडिया घर तथा मलेसियामा रहेको प्रहरी प्रसाशनका उच्च तहका कर्मचारीहरु संग भैटघाट समेत गरेका थिए । साईकल यात्राकै क्रममा उनले मलेसियाले आयेाजना गरेको ४० राष्ट्र सहभागी भएको साईयात्रामा समेत भाग लिने मौका पाएका थिए । विश्व साईकल यात्री भएकै कारण सवैको ध्यान उनको साईकल यात्रामा परैको देखिएको थियो । मलेसियामा उनलाई नागरिकस्तरवाट प्रवासी तामाङ एकता समाज,तथा प्रवासी मगर संघलै सम्मान गरेको थियो ।सौरभको थाईलैण्ड तीसौ राष्टको भ्रमण रहेको छ । उनी कान्तिपुर पव्लिकेशनका सदभावना राजदूत समेत हुन् ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...