जिल्ला स्तरीय क्रिकेट उपाधी एकाडेमीको पोल्टामा


धुलाबारी, ११ फागुन ÷ मेची क्रिकेट एकाडेमी काँकरभिट्टाले यहाँ सञ्चालित जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कब्जा गरेको छ ।
मारवाडी युवा मञ्च मेचीनगरले प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगितामा मेचीले आयोजक मञ्चलाई ५३ रनले पछि पार्दै उपाधि जितेको हो । टस जितेर व्याटिङ गरेको मेचीले निर्धारित २० ओभरमा तीन बल बाँकी रहँदै सबै विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । जसमा सन्नी पुनले ३६, सन्तोष वरालले २२, लाक्पा लामाले १७, प्रविन थापाले १५ र अमित श्रेष्ठले १२ रन बनाएका थिए । मञ्चका अंकुस विन्दलले ३, विक्की खडोलिया र सोनु ठाकुरले २÷२ तथा पंकज कर्णले १ विकेट लिएका थिए । जवाफी व्याटिङमा उत्रिएको मञ्चले १५ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनायो ।  पारु आङदेम्वेले १९ रन बनाउन बाहेक अन्यले दोहोरो अंक बनाएनन्
। मञ्चका अरविन्द कामतले ९, विक्की खडोलिया र विकेक खडोलियाले ७÷७ रन बनाए
मेचीका अमिन दाहालले ३, लाक्पा लामा र सुरज गुरागाईले २÷२ विकेट लिए । खेलका उत्कृष्ट खेलाडी सन्नी पुन, प्रतियोगिताका उत्कृष्ट खेलाडी विक्की खडोलिया र उत्कृष्ट व्याट्सम्सान अनिस शिवाकोटी भए ।
प्रतियोगिताको उपाधिसँगै मेचीले ५ हजार १ सय नगद, ट्रफी र प्रमाण पत्र तथा उपविजयी मञ्चले ३ हजार १ सय नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो । प्रतियोगिता समापन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेल, जन–संसद् दैनिकका सम्पादक मोहन काजी, धुलाबारी उच्च माविका अध्यक्ष गणेशविक्रम नेम्वाङ, अखिल नेपाल महिला फुटबल संघकी केन्द्रीय उपाध्यक्ष
संगीता राउत, धुलाबारी माविका प्रधानाध्यापक रुद्रकुमार कुरुम्वाङ, कांग्रेस महासमिति सदस्य राम कट्टेल, एमाले जिल्ला सदस्य देवकुमार राई, मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमिया, मारवाडी सेवा समितिका मेचीनगर अध्यक्ष चिरञ्जिवीलाल साहु, मेची उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष प्रल्हादमणि ओली, कांग्रेस नगर सभापति प्रेम सम्बाहाम्फे, मारवाडी युवा मञ्चका मेचीनगर अध्यक्ष मदन वंशल लगायतले बोलेका थिए ।
कार्यक्रमको कन्मेन्ट अंग्रेजी माविका प्रिन्सिपल विक्रम क्षेत्री, धुलाबारी उमावि शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ पराजुली लगायतको उपस्थिति थियो । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...