शरणार्थीहरु तरकारी खेतीमा

गोपाल झापाली

शिबिरको खाली जमिनमा शरणार्थीहरु आफैंले खेती गर्न शुरु गरेका छन् । शरणार्थीहरु तेश्रो मुलुक पुनस्थार्पना हुन थालेपछि खाली भएको जमिनमा उनीहरुले तरकारी खेती शुरु गरेका हुन् । योसँगै शिबिर आसपासको बजारमा तरकारीको बजार समेत घटेको छ ।
बिभिन्न मुलुकमा शरणार्थीहरु स्थानान्तरण हुन थालेपछि खाली भएको जमिनमा शरणार्थीहरुले नै तरकारी खेती गर्न थालेका कारण वाहिरको ब्यापार घटेको हो । दमकस्थित बेलडाँगी शरणार्थी शिबिर आसपासमा मात्र एक वर्ष अघिसम्म ५० वटा भन्दा बढि तरकारी पसल रहे पनि हाल सो सङ्ख्या घटेर आधा भएको छ । बेलडाँगी बजारका तरकारी ब्याबसायी लक्ष्मीमाया गुरुङ्गले भनिन् – ‘शरणार्थीहरु तेश्रो मुलुक जाने क्रम बढेपछि साग, टमाटर, खोर्सानी, कोबी लगायतका मुख्य तरकारीको ब्यापार घटेको छ ।’ धेरैजसो शरणार्थीहरुले शिबिरको खाली जमिनमा आँफै तरकारी खेती गर्न थालेकाले ब्यापार घटेको उनले बताईन् ।

वेलडाँगी १ शिविरका शरणार्थी आइतसिंह गुरूङका अनुसार पहिले पहिले शिविरभित्र दर्जनौं तरकारी व्यापारीको लस्कर लाग्ने गरेकोमा अहिले मुस्किलले ३-४ जना व्यापारी भेटिने गरेका छन् ।

सहायक शिबिर सचिब मनमाया राईका अनुसार शरणार्थीहरुको तेश्रो मुलुक पुनर्स्थापना क्रमसँगै खाली भएका टहराहरु भत्काईने गरेको छ । टहराहरु भत्काईएपछि खाली भएको जमिनमा शरणार्थीहरुले तरकारी खेती शुरु गरेका हुन् । शिबिरमा खाली रहेको जमिनमा धेरै जसोले चाँडै र लामो समयसम्म उत्पादन हुने खोर्सानी, टमाटर तथा सिमीका साथै रायो साग खेती गरेका छन् । शिबिरभित्र कुनै पनि पशु, पंक्षी पाल्न नपाईने भए पनि कतिपय शरणार्थीले खाली जमिनको उपभोग गर्दै हाँस, कुखुरा समते पाल्न थालेका छन् । यसैगरि शिबिर भित्रका खाली जमिनमा शरणार्थीहरुले केरा खेती समेत लगाउने गरेका छन् । एक वर्षयता धेरै जसो छाप्राका शरणार्थीहरुले टहरा हटाईएको खाली जमिनमा केरा खेती लगाउने क्रम समेत बढेको हो ।
अन्तराष्ट्रिय आप्रवासन संस्था – आईओएम मार्फत शरणार्थीहरु अमेरीका, क्यानाडा, अष्ट्रेलिया, बेलायत लगायतका देशमा पुनर्स्थापना भएसँगै शिबिर यस प्रकारका साना खेती शुरु भएका हुन् । @ Purbeli Times


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...