राजधानीमा अन्तराष्ट्रिय रेस्लिङ


१४ फागुन, काठमाडौं । प्रथम अन्तर्राष्ट्रिय मेगा इभेन्ट्स पुरुष तथा महिला व्यावसायिक रेस्लिङ प्रतिस्पर्धा शनिबारबाट राजधानीमा सुरु हुँदैछ । गोल्डेन सिने इन्टरप्राइजेज, नेपाल रेस्लिङ एसोसियसन र खेलाडी तथा प्रशिक्षक सङ्घद्वारा संयुक्तरुपमा आयोजित सो प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपरान्ह २ बजेपछि सुरु हुनेछ ।
प्रतियोगितामा नेपालको तर्फबाट भरत बिसुराल ‘हिमालयन टाइगर’ भिड्नेछन् । अमेरिका, क्यानाडा, स्पेन, बेलायत, अस्टे्रलियालगायत राष्ट्रका महिला तथा पुरुष रेस्लरबीच भिडन्त हुनेछ । प्रतिस्पर्धामा १३ पुरुष तथा चार महिला रेस्लरको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागि हुन अमेरिकी रेस्लर बिग भिटोसहित क्यानाडा स्पेनलगायत राष्ट्रका ५ खेलाडी नेपाल आइसकेका छन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...