
फाल्गुन १४ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सात बुँदे सहमति कार्यान्वयन नभए आफूहरु सरकारमा जान नसक्ने प्रष्ट्याएका छन् । प्रधानमन्त्री झलनाथ खनालसंग शनिबार भएको भेटमा उनले माओवादी स्थायी समितिले गरेको निर्णय बारे जानकारी गराउँदै उक्त कुरा प्रष्ट पारेका हुन् । बालुवाटारमा दुई नेताबीच करिब २० मिनेट कुराकानी भएको थियो ।
सात बुँदे कार्यान्वयनमा एमालेको प्रतिवद्धता नदेखिएको भन्दै माओवादीले तत्काललाई सरकारमा नजाने निर्णय गरेको छ । गृह मन्त्रालयमा दुई दलबीच विवाद हुँदै आएको छ । खनालले केही दिन आफूसंगै गृह मन्त्रालय राखेर मन्त्रिपरिषद् विस्तार गर्ने गरेको प्रस्ताव माओवादीले अस्विकार गरेको छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...