योगेन्द्र योगी "हिमाल" /मलेसिया
रोल्पा जिल्ला घर भई आज भन्दा ३ वर्ष अगाडी बैदेसिक रोजगारीको सिलसिलामा मलेसिया आइपुगेका प्रेम के.सी मानसिक असन्तुलन भई गत सोमबार स्वदेश फर्किसकेका छन् ।
प्रेम के.सी मलेसियाको निलाई शहर स्थित युनाईटेड मोर कम्पनीमा कार्यरत थिए। मानसिक असन्तुलन भएको ४ महिना भएको थियो। निजलाई मलेसियन धामी झाक्री लगायत मेडिकल गर्दा पनि स्वाथ्यमा सुधार नआएको कारण कम्पनीले घर जाने टिकटको ब्यबस्ता मिलाई दिएको हो ।
उनीले धुम्रपन मध्यपन गरेपछि साथीहरुलाई नराम्रो कुरा भन्ने गाली गर्ने जथाभाबी हिडने गर्थे । काठमाडौं देखि घर पुग्ने खर्च न भएको कारण सबै साथीहरु नेपाली,भियतनाम,बंगलादेश र म्यानमार लगायत साथीहरु बाट रकम उठाई जम्मा आर.एम- ८०० र मलेसिया निलाई स्थित नेपाली एकता समाज बाट आर.एम ५१ गरी जम्मा आर.एम -८५१ निज प्रेम के.सी लाई हस्तारण गरीएको थियो ।
सो रकम ठाकुर खतिवडा र खडक बहादुर बटालाको सक्रियतामा रकम जम्मा भएको थियो । निज प्रेम के.सीले नेपाल पुगी म सकुसल नेपाल आइपुगे भनि पत्रकार योगेन्द्र 'हिमाल' लाई फोन गरी जानकारी गराएको प्राप्त समाचारमा जनाईएको छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...