लगातार १८ दिनुसम्मको अनवरत सघर्ष सामु अन्तत् तीस वर्षदेखि शासन गर्दै आएका इजिप्टका राष्ट्रपति होस्नी मुवारक झुकेका छन् । उनी शुक्रबार राति राजीनामा दिएर रेड-सीस्थित अल-शेख रिसोर्टस्थित निवासतर्फ लगेका छन् ।
![]() |
| राष्ट्रपति होस्नी मुवारकले राजीनामा दिएपछि खुशीयाली मनाउँदै इजिप्सियालीहरु । तस्विर: बीबीसी अनलाइन |
बीबीसी अनलाइनका अनुसार त्यहाँको सरकारी टीभी मार्फत उपराष्ट्रपति ओमर सुलेमनले राष्ट्रपति मुवारकले सत्ता सेनालाई सुम्पेको जानकारी गराएका हुन् ।
मुवारकले सत्ता छाडेको सुने लगतै प्रदर्शनकारीहरुले झण्डा हल्लाएर, गाडीको हर्न बजाएर एक-अर्कामा खुशी साटेका थिए । 'जनताले शासन गिरायो' उनीहरुले नारा लगाएका थिए ।
उपराष्ट्रपति सुलेमानले मुवारकले सत्ता सैनिक उच्च अधिकारीहरुलाई सुम्पिएको बताएका छन् । इजिप्टको सेनालाई रक्षा मन्त्री मोहम्मद हुसेन तन्तवीले नेतृत्व गरेका छन् ।
'राष्ट्रपति मुवारकले सत्ता छाड्ने निर्णय गरेका छन्, उनले सुरक्षा अगहरुको उच्च परिषद्लाई देशको शासन सहाल्न जिम्मा दिएका छन्,' सुलेमनले भने, 'सबैलाई भगवानले रक्षा गरुन् ।'
यसअघि गएराती राष्ट्रपति मुवारकले आफुले सत्ता नछाड्ने बरु केही अधिकारहरु उपराष्ट्रपतिलाई हस्तान्तरण गर्ने बताएपछि प्रदर्शनकारी झन आक्रोशित बनेका थिए । उनीहरुले मुवारकले सत्ता छाड्नुपर्ने माग गर्दै राष्ट्रपति भवन घेरेका थिए ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...