जानकारी गराएरै आत्महत्या


क्वालालम्पुर (मलेसिया), फाल्गुन ६ - मलेसियामा एक नेपालीले सवैलाई फोनवाट जानकारी गराएर विहीवार साँझ आत्महत्या गरेका छन् । सर्लाही जिल्ला अर्घी– १, भोक्टेनीका ३५ वर्षीय राजकुमार महतोले नेपालमा रहेका घर परिवार तथा मलेसियामा रहेका साथीहरुलाई आफुले आत्महत्या गर्न लागेको जानकारी गराएका थिए ।
तीस महिना अगाडी मलेसिया आएका महतो क्वालालम्पुर नजिकै गुड इयर टायर कम्पनीमा कार्यरत रहेका थिए ।
लामो समयदेखि विरामी परेका महतोले आफुलाई एचआईभि एड्सलागेको आशंका गर्दै आएको साथीभाईहरुले बताएका छन् । तर, उपचारमा संलग्न डाक्टरले भने उनलाई एडस नभई भिरंगी लागेको वताएको उनका साथी शरन महतोले बताए ।
तीन छोरी, एक छोरा र श्रीमती रहेका महतोले आफनै होस्टलमा सवै साथी कम्पनीमा गैसकेपछि आफैले वजारवाट डोरी किनेर ल्याई पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् । लामो समय देखि विरामी परेका महतोलाई आईतवार नेपाल पठाउन कम्पनीले टिकट समेत काटिदिईसकेको थियो ।

–रामचन्द्र नेपालबाट

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...