टोपीबाट मोबाइल चार्ज


लोडसेडिङ् अहिले यति बढिसक्यो कि मोबाइल फोनसमेत चार्ज गर्न समस्या भएको गुनासो सुन्न थालिएको छ। विद्युत् र सौर्य ऊर्जा नभएको ठाउँमा मोबाइल चार्ज गर्न त झन् कति समस्या होला? अब भने यस समस्याबाट पार पाउन टोपी लगाएर हिँडे मात्रै पनि पुग्ने छ। कसरी भने, टोपी लगाएर घाममा हिँड्दा आफैँ मोबाइल चार्ज हुने प्रविधि विकास भएको छ।

जुम्लाका टक्कबहादुर नेपालीले छत्रे टोपीमा दुईवटा फोटोसेल -सोलार प्यानल) राखेर टोपीमा घाम पर्नासाथै मोबाइल चार्ज हुने प्रविधि बनाएका हुन्। टोपीमा राखिएको सोलार प्यानलमा घाम पर्नासाथै यसबाट उत्पादित तापशक्ति चार्जर कन्ट्रोलरमार्फत गोजीमा राखिएको मोबाइल सेटमा पठाएर चार्ज गर्न सकिन्छ। अर्थात्, यसबाट हिँड्दाहिँड्दै वा काम गररिहेकै बेला पनि मोबाइल चार्ज गर्न सकिन्छ।

सोझै चार्ज गर्दा मोबाइलमा जति ब्याट्री छ गीत, रेडियो जति सुने पनि, फोन जति गरे पनि त्यति नै ब्याट्री राखिराख्छ। तर, यसमा 'ब्याक अप' प्रणाली राख्यो भने दुई घन्टामा ब्याट्री पूरा चार्ज गर्न सकिन्छ र घामबाट ओझेलमा पर्दासमेत मोबाइल चार्ज भइरहन्छ।

हिँड्दा टाउकोमा सूर्यको प्रकाश बढी पर्ने हुँदा सोलार प्यानल टोपीमा राखिएको हो। सोझै चार्ज गर्न मिल्नेको मूल्य पाँच सय रुपियाँ पर्छ भने ब्याकअप राखिएको प्रविधिको आठ सय रुपियाँ। 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...