झापाको भूटानी शरणार्थी शिविर बेलडाँगीमा गए राती ३ शरणार्थीलाई गोरु काटेर खाएको अभियोगमा सशस्त्र बेश बेलडाँगीले पक्राउ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलडाँगी १ का पेमा छिरीङ्ग तामाङ, राजु तामाङ र बेलडाँगी ३ को प्रेमबहादुर तामाङ रहेका छन् । उनीहरुलाई क्याम्प व्यवस्थापन समिति प्रतिनिधि प्रतिमाया तामाङको छाप्रामा गोरु काटेर मासु भाग गर्ने क्रममा पक्राउ गरिएको सशस्त्र प्रहरी बेश बेलडाँगी प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक दिलकुमार घिमिरेले बताउनु भयो । पक्राउ गरिएकोलाई तत्काल इलाका प्रहरी कार्यालय दमकमा कानुनी कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालयको आदेशमा बुझाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । यता प्रतिनिधि तामाङले भने आफूहरु धार्मिक निरपेक्ष मुलुक नेपालमा बसेकोले आफ्नो समुदायमा मासु खाने भएकोले गोरु काटेर खान खोज्दा पक्राउ गरेको प्रति दुःख व्यक्त गर्नु भएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...