कुचो उद्योगमा तीन हजारलाई रोजगारी


१६ फागुन, काँकडभिट्टा । झापामा एक दशकयता फस्टाएको कुचो व्यवसायबाट स्थानीयवासीलाई रोजगारीको उल्लेखनीय अवसर मिलेको छ । झापाको मेचीनगरस्थित धुलाबारी र दुवागढीको चारआलीमा सञ्चालित दर्जनभन्दा बढी कुचो प्रशोधन उद्योगमा तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको कुचो व्यवसायी सङ्घ झापाका अध्यक्ष खेम प्रसाइले बताउनुभयो ।
पूर्वको पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन हुने अमि्रसोबाट कुचो बनाइन्छ । अमि्रसो खेती र ओसारपसारमा अझ बढी मानिसले रोजगारी र फाइदा पाएका छन् । ‘केहीवर्ष अघिसम्म वर्षको तीन महिना काम हुन्थ्यो’, अध्यक्ष प्रसाइले भन्नुभयो- ‘आजभोलि बाह्रैमहिना रोजगारी पाउने अवस्था छ ।’
पहाडी जिल्लाबाट ल्याइने काँचो कुचोलाई धुलाबारी र चारआलीका उद्योगले सुकाउने, केलाउने र बोरामा प्याकिङ गर्ने गरेका छन् । यही काममा स्थानीयवासीले रोजगारी पाएका हुन् ।
घाममा सुकाउने र केलाउने काममा विशेषगरी महिलाले रोजगारी पाएका छन् । क्याम्पस पढ्ने छात्रा पनि पढाईखर्च जुटाउन उक्त उद्योगमा कुचो केलाउन आउने गरेका छन् । वाषिर्क १२ हजार मेटि्रक टन अमि्रसो कुचो यहाँबाट भारत निर्यात हुँदै आएको व्यवसायी बताउँछन् ।
व्यवसायीले पहाडमा किनेको अमि्रसो गोदाममा राखी भाउ बढेपछि मात्र बेच्ने गरेका छन् । सरकारले नगरपालिका र जिविसमार्फत राजस्वसमेत लिँदै आएको छ ।
ज्यालादारीमा दैनिक १५० कुचो केलाएर पाउने गरेको मेचीनगर-५ की कुसुम किसानले बताउनुभयो । ‘महिलामा चार-पाँच हजार कमाएर छोराछोरी पढाउने र पाल्ने गर्छु’ उहाँ बताउनु हुन्छ ।
नेपालबाट निकासी हुने अमि्रसोलाई थप प्रशोधन गरी कुचो बनाएर भारत र बङ्लादेशमा पनि बिक्री गर्ने गरिएको छ । व्यवसायिले धुलाबारीमा कृषि मन्डी र आधुनिक प्रशोधन उद्योगको स्थापनामा सरकारले सुविधा दिए कुचो व्यवसाय र अमि्रसो किसान अझ बढी लाभान्वित हुने व्यवसायिहरू बताउछन् । रासस

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...