हत्यारा पनि झापाकै
जनकपुरको मानकी होटलमा गत पुष १६ गते हत्या गरेर मारिएकी मृत अवस्थामा फेला परेको युवती हत्या प्रकरणको धनुषा प्रहरीले रहस्योदघाटन गर्न सफल भएको छ।
प्रहरीले गरेको चुनौतीपूर्ण अनुसन्धानबाट हत्या गरिएकी युवती झापाको महेशपुर-३ बस्ने ३२ वषिर्या तारा गुरागाई रहेको बुझिएको छ । साथै हत्याका अभियुक्त झापाकै पृथ्वीनगर-५ बस्ने ३८ वषिर्य तुलाराम खडका रहेको छ ।
धनुषाको हिरासतमा रहेको अभियुक्त खडकाले ताराको हत्या गरेको संचारकर्मी समक्ष स्विकार गरेका छन् । प्रहरीले राष्ट्रिय महिला आयोगको सहयोगमा धनुषाबाट सम्प्रेषित समाचार तथा विभिन्न जिल्ला तथा क्षेत्रिय प्रहरी कार्यालयमा पठाएको समाचार पछि झापामा समेत एक महिला हराइ रहेको समाचारलाई पछ्याउँदा सो तस्वीर मिलेपछी सनाखत भएको हो । पुष १४ गते राति झापा विर्तामोडको होटल भिल्लाजियोमा बसी १५ गते विहान ८ बजे दमक आउने बस चढी सिन्धुलीको गाडीमा चढी दुवै जना ढल्केवर आएका थिए । ढल्केवरबाट पश्चिमको गाडी समाति साढे ४ बजे जनकपुर बस पार्कमा आई सोहि रात जनकपुरको मानकी होटलमा नक्कली नाम ठेगाना र मोबाइल नम्बर इन्टि्र गर्राई सोहि होटलको रुम नं. ३१३ मा बसेका थिए । १६ गते विहान अन्दाजी ३ बजेको समयमा अभियुक्त खडकाले मृतक तारा गुरागाईलाई आफ्नो हवसको सिकार बनाई मुख बन्द गरी घाटी थिची ज्यान मारेर सोहि दिन विहान ७ बजे होटेलबाट एक छिन बाहिर जाने निहुँमा फरार भएका थिए । @ Purbeli Times


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...