उर्लाबारीका विकास धिमालले तेस्रो कोशी च्याम्पियन खुल्ला अञ्चलस्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधी जितेका छन् ।
यस्तै, ५५ केजी तौल समूहबाट विराटनरका मोहन टी बाबु पासवानले सान्त्वना स्थान हात पारे । उनलाई आयोजकले नगद ४ हजार रुपैयाँ प्रदान गरेको थियो । प्रतियोगितामा धरानस्थित फिटनेस फ्याक्ट्री क्लबका ६० केजी तौल समूहबाट सुमन श्रेष्ठले बेष्ट पोजरको उपाधी हात पारेका थिए ।
सुनसरी क्षेत्र नम्बर १ का संविधानसभा सदस्य किरणकुमार राईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा मुख्य निर्णायक राजभगत प्रधानाङ्ग थिए । प्रतियोगितामा कैलाश कार्की र निमेश शाक्यले मार्सलको भूमिका निर्वाह गरेका थिए ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...