इन्डियन आइडल बनेर निकै चर्चा बटुलेका प्रशान्त तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले भारतको नागाल्यान्ड निवासी गीता थापा मगरसँग नेपाली परम्पराअनुसार नायथु रिसोर्टमा धुमधामसँग विवाह गरेका हुन् ।इन्डियन आइडल भएपछि विदेशमा त्यति धेरै चर्चा कमाउन नसकेको भएपनि नेपालमा भने उनले धेरै नै चर्चा कमाएका छन् । इन्डियन आइडल भएपछि उनले नेपाली चलचित्र ‘गोर्खा पल्टन’ र ‘अँगालो यो माया’मा अभिनय गरेका छन् र धेरै नेपाली गीतहरु पनि गायका छन् । उनको विवाहमा सहभागि हुनका लागि नेपालबाट पनि केही निर्माता गएका थिए । प्रशान्तले नै अभिनय गरेका चलचित्रका निर्माताहरु सुरज बंशल र किशोर दुलामी पनि उनको विवाहमा सहभागि भएका थिए ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...