
झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसका प्राध्यापकले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । उनीहरुको आन्दोनलका कारण ६ दिनदेखि क्याम्पसको पठनपाठन अबरुद्ध थियो ।
विश्व विद्यालय अनुदान आयोगबाट दोस्रो उच्च शिक्षा परियोजना कार्यक्रम लागू भएपछि वर्गीकरण गरि घटुवा गरेको दाबी गर्दै उनीहरुले आन्दोलन घोषणा गरेका थिए ।
समस्या समाधान गर्न क्याम्पस संचालक समितिका पूर्वअध्यक्ष इन्द्रबहादुर बुढाथोकीको संयोजकत्वमा गठित समितिसँग छलफल गर्न तीनजना प्राध्यापकलाई पठाउने निर्णय भएपछि अनसन स्थगन गरिएको हो । प्राध्यापक धनन्जय बाँसकोटा, बिष्णु पोख्रेल र मोहन संग्रौलाले उपसमितिसँग छलफल गर्ने उपसमितिका संयोजक बुढाथोकीले बताउनु भयो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...