नेपालमा प्रजातन्त्र आएपछि सूचना प्रविधिको दु्रत विकास भइरहेको छ, यस्तै एउटा प्रविधि हो इन्टरनेट सहरबजारमा इन्टरनेट सेवा प्रदायकहरूले सेवा दिए पनि नेपालका ग्रामीण क्षेत्रमा अझै पनि इन्टरनेटको पहुँच पुगिरहेको छैन त्यसैले विस्तारै वायरलेस प्रविधि लोकप्रिय हुँदै गइरहेको छ । वायरलेस सम्झने बित्तिकै नेपालमा महावीर पुनको नाम आउँछ । वायरलेस हिरो पुनले नेपालका हिमाली तथा पहाडी क्षेत्रमा वायरलेस प्रविधिको विस्तारले गर्दा उनी विस्तारै वायरलेस किङमा स्थापित हुँदै गइरहेका छन् । झन्डै एक दशकदेखि सूचनाको राजमार्गमा बेतारे सञ्जाल फैलाइरहेका पुनको प्रयासले गर्दा अहिले मुलुकका विभिन्न गाउँहरूमा बेतारे प्रविधिद्वारा इन्टरनेटको पहुँचले विभिन्न सेवा तथा सुविधा उपलब्ध छन् ।
सन् २००२ मा म्याग्दीको नागी गाउँमा जडान गरिएको इन्टरनेट, वायरलेस सञ्जाल क्रमबद्ध छिमेकी गाउँहरूमा विस्तार गर्दै अहिले नेपालको १३ जिल्लाको १ सय ५० भन्दा बढी गाउँहरूमा यसको विस्तार भइसकेको छ । मुलुकको सबै क्षेत्रमा सूचनाको राजमार्ग पु¥याउन लागि परेका पुन अहिले वायरलेस प्रोजेक्टमा व्यस्त छन् । वायरलेस प्रोजेक्टले नेपालको विभिन्न ग्रामीण गाउँहरूमा विभिन्न सेवा सुविधा उपलब्ध गराउँदै आएको छ जस्तैः ई–एजुकेसन, कम्युनिकेसन, ई–मेडिसिन, लोकल ई–कमर्श, पर्यटकहरूका लागि इन्टरनेटमार्फत होटल बुकिङ सिस्टम, क्रेडिट कार्ड ट्रान्जेक्सन सिस्टम, आदि । सन् १९५५ जनवरी २२ मा म्याग्दीको नागी गाउँमा जन्मेका म्याग्सेसे पुरस्कार विजेता पुनले आफ्नो गाउँलाई इन्टरनेटसम्म जोड्ने सपना सन् १९९७ मा देखेका थिए, उनले देखेको सपना ५ वर्षेपछि पूरा भएको थियो । प्राथमिक शिक्षा नागीमा नै गरेका पुनले आफ्नो स्नातकोत्तर शिक्षा संकायमा केयरनेको युनिभर्सिटी अफ नेब्रसकामा पूरा गरेका थिए । पुनले विभिन्न क्षेत्रका स्कुलमा कम्प्युटर ल्याब बनाए अनि नेपालभर वायरलेसको सञ्जाल फैलाउने योजनाअनुसार अहिले त्यसैको पहुँच वृद्धिमा लागि परिरहेका छन् । नेपालभर बेतारे सञ्जाल फैलाउने योजना छ अहिले त्यसैमा लागिरहेको छु पुनले बताए ।नेपालको विभिन्न क्षेत्रमा काम तीव्र रूपमा अगाडि बढेको छ तर हामीसँग रकमको अभाव छ चिन्ता व्यक्त गर्दै पुनले बताए, रकम अभावकै कारण विदेशमा रहेका साथीहरूसँग वन डलर अ मन्थ कार्यक्रम सञ्चालन गरिएको छ । वायरलेस प्रोजेक्टका लागि (वन डलर अ मन्थ) एक महिनामा एक डलर दान कार्यक्रममार्फत एचईएफले अहिलेसम्ममा ३० हजार डलरभन्दा बढी रकम जम्मा गरिसकेको छ, जुन रकम महावीरले वायरलेसको वृद्धि विस्तारमा खर्चने गर्छन् । सन् २०१० मा मात्रै नेपाल वायरलेसले गुल्मी, बागलुङ, रामेछाप र नुवाकोट गरी ४ जिल्लामा आफ्नो सञ्जाल फैलाइसकेको छ । त्यस्तै स्याङजा र तनहुँ जिल्लाहरूमा यो सुविधा पु¥याउनका लागि हाल काम भइरहेको छ ।
पहाडी तथा हिमाली जिल्लामा ताररहित इन्टरनेट सेवा विस्तार भएपछि स्थानीयवासीमा सूचनाको समान पहँुच पुगेको छ । इन्टरनेटको माध्यमबाट हिमाली तथा पहाडी क्षेत्रका स्थानीयहरू गाउँमै बसेर सस्तोमा छिटो र भरपर्दो तवरले देश–विदेशमा सूचना आदान–प्रदान गर्न मात्र गरेका छैनन् टेलिमेडिसिनमार्फत विशेषज्ञ डाक्टरहरूबाट उपचार पनि गराइरहेका छन् । एक दशकदेखि सूचना प्रविधि क्षेत्रको विकासमा सक्रिय रहँदै आएका म्याग्दी नागीका महावीर पुनको पहलमा अन्य क्षेत्रजस्तै धौलागिरिको मुस्ताड, बागलुड, पर्वत र म्याग्दीका विभिन्न ग्रामीण क्षेत्रहरूमा ताररहित इन्टरनेट सेवा विस्तार भएको छ ।
यहाँका शैक्षिक संस्थाहरूमा ताररहित इन्टरनेट जडान भएर सञ्चालन भएपछि स्थानीयवासीलाई सूचना आदान–प्रदान गर्न सजिलो भएको छ भने विद्यार्थीहरू पनि सूचना प्रविधिसँग नजिकिन पाएका छन् । बेतारे सञ्जालले हरेक क्षेत्रमा सहज पु¥याएको छ गलकोट उच्च मावि बागलुङका प्राचार्य देवेन्द्र खत्रीले बताए त्यस्तै जनप्रिय उच्च मावि दरवाङका प्राचार्य दिवाकार सुवेदी भन्छन्, “यो प्रविधिले विद्यार्थीहरू इन्टरनेटको पहुँचभित्र पुगेका छन् ।” म्याग्दीको उत्तरी क्षेत्रका नागी, राम्चे, हिस्तान, बिम, रिम, शिख, घारा, पाउद्वारका शैक्षिक संस्थाका साथै पर्यटकीय स्थल खोप्रा लेकमा सञ्चालन गरिएको ताररहित इन्टरनेट प्रभावकारी बनेको महावीर पुनले बताए त्यहाँको सफल परीक्षणपछि नेपालका अन्य क्षेत्रमा प्रोजेक्टको काम अघि बढेको हो । इन्टरनेट सुविधा भएपछि सो क्षेत्रका शैक्षिक संस्थामा कम्प्युटर र सूचना प्रविधिको पढाइ हुन्छ भने गाउँलले कृषि र स्थानीय उत्पादन बजारीकरण गर्न इन्टरनेटको प्रयोग गर्छन् । यसैगरी केही स्वास्थ्य संस्थामा इन्टरनेटको माध्यमबाट बिरामीको परीक्षण गरेर उपचार गर्ने पद्दति टेलिमेडिसिन सेवा पनि सञ्चालन भइरहेकोे छ ।
महावीर पुन अहिले आफ्नो प्रोजेक्टको चौथो तहमा काम गर्दैछन् जुन सन् २००८ बाट सुरु भएको हो । पुनको समूहमा नजिकबाट काम गर्ने १५ जनाभन्दा बढी विदेशी तथा स्वदेशी साथीहरू छन् । उनको काम विस्तारै अघि बढेको छ, उनी भन्छन्, “आफ्नो सुस्त गतिको पछि दुई कारण छन्, पहिलो विभिन्न चिजहरूको परीक्षण गरिरहेका छौं जसले नेपालको ग्रामीण क्षेत्रहरूमा वायरलेस सञ्जालको उपयोगिता वृद्धि गर्छ र दोस्रो हामीसँग तत्काल पर्याप्त स्रोत र साधनको कमी छ जसले सञ्जाललाई नेपालको ठूलो क्षेत्रमा फैलाउन सकियोस् ।” बेतारे प्रविधिमा जति पुनले उपलब्धि हासिल गरेका छन् ती सबै व्यक्तिगत तथा व्यावसायिक, नाफारहित संगठन र अन्तर्राष्ट्रिय संघसंस्था आर्थिक तथा प्राविधिक सहायताले सम्भव भएको हो ।
अन्तर्राष्ट्रिय टेलिकम्प्युनिकेसन युनियन, बल्र्ड बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले यस प्रोजेक्टमा सहयोग पु¥याएका छन् भने हालसम्म नेपाल सरकारको कुनै किसिमको सहायता उपलब्ध भएको छैन जबकि सन् २००७ मा सहायताका लागि नेपाल सरकारसँग अपिल गरिएको थियो पुन बताउँछन् । सन् २००८ को योजना (वायरलेस सञ्जालको विभिन्न १९ वटा जिल्लाहरूमा स्थापना गर्नु) को खाका नेपाल सरकारलाई बुझाइ सकिएको छ, सरकारी पक्षबाट सकारात्मक प्रतिक्रिया आए पनि बजेट उपलब्ध नभएको पुनले बताए । ग्रामीण क्षेत्रमा वायरलेस प्रविधि पु¥याएबापत महावीर पुनलाई अन्तर्राष्ट्रिय निकायले सम्मान तथा पुरस्कृत गरेको छ । सामुदायिक नेतृत्वको लागि रेमोन म्याग्सेसे फाउन्डेसन फिलिपिन्सले महावीर पुनलाई रेमोन म्याग्सेसे अवार्ड २००७ द्वारा सम्मान गरेको थियो जुन अवार्डलाई एसियाको नोबेल पुरस्कार पनि भन्ने गरिन्छ । सन् २००४ मै पुनले ओभरअल सोसियल इनोभेसन अवार्ड प्राप्त गरिसकेका थिए ।
अमेरिकाले आफ्नो देशमा अतुलनीय कार्य गरेको भन्दै सन् २००७ मा नेब्रासका युनिभर्सिटीले महावीरलाई भाषणका लागि निमन्त्रणा गरेको थियो सोही अवसरमा पुनलाई डिग्री, हमुमनलेटरको डाक्टरी उपाधिले सम्मानित गरेको थियो । पुन अहिले वायरलेससँगै पर्यटन क्षेत्रमा पनि क्रियाशील छन् पर्वत र म्याग्दीमा नयाँ पैदलमार्ग निर्माण गरी सामुदायिक लज निर्माणमा सक्रिय रहेका पुनको एउटा ड्रिम प्रोजेक्ट छ हाइड्रोपावरमा लगानी गर्ने हाइड्रोबाट ५ मेगावाटको विद्युत् निकाली त्यसको आम्दानीले पहाडमा एउटा विश्वविद्यालय सञ्चालन गर्ने जहाँ गरिबका छोराछोरीले पढ्न पाउन ।



No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...