रिचार्ज कार्ड बिना नै सित्तैमा मोबाइल रिचार्ज


जनार्दन घिमिरे
के तपाईं नमस्ते मोबाइलको रिचार्ज कार्ड किन्दा किन्दा हैरान बन्नु भएको छ ? हो, तपाईं मात्र हैन अहिले नेपालमा लाखौँ टेलिकमका ग्राहकहरु रिचार्ज कार्डमामा थुप्रै रकम खर्च गरिरहनु भएको छ, तर रिडी बसपार्क स्थित घर भएका बिकल पौडेलले टेलिकमको रिचार्ज कार्ड बिना नै स्क्रयाच रिचाज गरेर सबैलाइ आश्र्चर्यमा परेका छन ।

गुल्मीको रुरु गाविस रिडी स्थित एक विद्यालयका छात्रले एक नयाँ प्रविधि पत्तालगाई आफ्नो वुद्धिमताको चमतकारीता देखाएका छन् । जुन कामले नेपाल टेलीकमलाई थप चुनौति थपिएको छ । रुरु गाविस ४ स्थित संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत विकल पौडेलले नेपाल टेलीकमको रिचार्ज कार्डको  नम्वर स्क्र्याज नगरिकनै कार्डको नम्वर पत्तालगाउने फर्मुला फेला पारेका छन् । गोप्य प्रबिधीको प्रयोग गरेर उनले रिचार्ज कार्डको नम्बर पत्ता लागाउने गरेका छ । उनको यो क्षमताको अहिले गुल्मी जिल्ला र आसपासका क्षेत्रमा ब्यापक चर्चा हुन थालेपछी उनी सँग फोन रिचार्जे गर्न तथा उनको परिक्षण गर्न धेरै मानिसहरु पुग्ने गरेका छन। त्यस्तै अहिले उनी स्थानीय संचार माध्यमहरुमा पनि छाउन थालेका छन भने उनले यो प्रबिधीलाई गोप्य राख्ने बाताएका छन। हाल कक्षा ९ मा अध्यनरत पौडेलले यस अघी पनि केबलकार बनाएर सबैलाइ आफ्नो अभुतपुर्ब क्षमता देखाइसकेका छन।
Source:- Gulminews dot com

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...