धनकुटा/ जिल्लाको चुङ्गवाङ्ग –१ उत्तरपानीकी ३२ बर्षीय लक्ष्मी मोक्तान तामाङ्गको गर्व पतन गराउदा डाक्टरको लापरवाहीेले मृत्यु भएको ठहर भए पछि जिल्ला अलदालत धनकुटाले दुई स्वास्थ्यकर्मीलाई पुर्पक्षको लागी थुनामा राख्न आईतवार आदेश दिएको छ ।
धनकुटास्थित हिले वजारमा रहेको कृष्ण मेडिकल हलका संचालकद्धय डा.सत्यनारयण यादव र चौरासी यादवलाई थुनामा राख्ने आदेश दिएको हो । उनीहरुको लापरवाहीले मोक्तान र उनको गर्वमा रहेको ५ महिनाको शिशुको गत माघ १४ गते मृत्यु भएको थियो । डाक्टरको लापरवाहीको कारण मुत्यु भएको वयान र प्रमाणका आधारमा पुष्टि भएकाले जिल्ला अदालत धनकुटाले आईतवारदेखी पुर्पक्षको लागी जेल चलान गर्न आदेश दिएको छ ।
जिल्ला अदालत धनकुटाका माननिय न्यायधिश श्यामप्रसाद लावतीको इजालासले सो निर्णय गरेको हो । उनीहरुलाई आईतवार नै जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतवाट कारागार चलान गरिएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...