धरान/ यहाँस्थित विष्णु मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत् १२ वर्षीया छात्रा सृष्टी रानाभाटले झोलामा अश्लीन सिडि भेटिएको ४ दिन पछि सोमबार आत्महत्या गरेकी छन् । धरान–१० स्थित आफ्नो कोठाको पङ्खामा झुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आÏनी छोरीलाई विद्यालयका शिक्षक अजय शर्माले चार दिनदेखि मानसिक यातना दिएको भन्दै सृष्टीका बुबा राम रानाभाटले शर्मालाई कारवाही गर्न मागसमेत गरेका छन् । रामले सोमबारै विज्ञप्ति जारी गरि अश्लील चलचित्रको सिडी बोकेको विषयमा अभिभावकलाई कुनै जानकारी नदिई मानसिक यातना दिएका कारण छोरीलाई गुमाउनु परेको आरोप लगाएका छन् । तनाव दिएकोले छोरीले आत्महत्या गरेको विज्ञप्तिमा उल्लेख छ । यता शिक्षक शर्माले कुनै मानसिक यातना नदिएको बताए । अबदेखि विद्यालयमा यस्तो सिडी नल्याउनु मात्र आफूले भनेको उनले भने ।
धरान इलाका प्रहरी कार्यालयका डिएसपी दीपक रेग्मीले घटनाको अनुसन्धान भइरहेको बताए । आत्महत्याको कारण सिडि हो या अन्य कुनै कारणले हो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शिक्षक शर्मा इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् । विद्यालयका प्रिन्सिपल वेनिन्द्र कटुवालले भने ३/४ दिनअघि छात्राको साथबाट अश्लील चलचित्र भेटेको तर अभिभावकलाई जानकारी दिन नपाउँदै घटना भएको बताए । आमावाबुले थाहा पाउने भयले छात्राले आत्महत्या गरेकी हुनसक्ने उनले बताए । शिक्षक शर्मा तथा विद्यालयले कुनै मानसिक यातना नदिएको कटुवालले जनाएका छन् । @ Blast Times


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...