दक्षिण कोरिया । नेपाल पत्रकार माहासंघ कोरिया साखाले कोरियालीहरुको माहान चाड सलनालको अवशर पारी आयोजना गरेको नेपाली सञ्चारकर्मीहरुसंग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कोरिया शाखाको आयोजनामा सम्पन्न छलफलले दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गरी एउटा साझा अनलाईन वेवसाइट सञ्चालन गर्ने निर्णय गरेको छ ।
छलफलमा महासंघ कार्यसमितिका सदस्यहरुको अलावा पत्रकारिता पृष्ठभूमि भएका विभिन्न नेपाली ब्यक्तिहरुको उपस्थिती रहेको थियो । दक्षिण कोरियाको नेपाली समाजमा पत्रकारिता, समस्या र चुनौति तथा अनलाईन पत्रिकाहरुले पत्रकारलाई पारिश्रमिक दिनुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।
सहभागीहरुले दक्षिण कोरियामा धेरै वेवसाइटहरु संचालन भएको र सिमित संख्यामा भएका पत्रकारहरु पनि विभिन्न वेबपत्रिकाहरुमा स्व:स्फुर्त तथा अनियमित तरिकाले समाचार संप्रेषण गर्ने हुँदा समुदायलाई आवश्यक सुचना तथा आधिकारिक समाचार सिघ्र प्रदान गर्न सक्ने अनलाईनपत्रिकाको अभाव रहेको समिक्षा गर्दै वेबसाइटहरुमा लेख रचना तथा समाचार मुलक विषयमा लेख्ने पत्रकाहरुलाई न्यून्तमा पारिश्रमिक समेत नदिएका कारण कोरियामा रहेका नेपालीहरुले ताजा समाचारबाट बन्चित हुनुपरेको गनुसो पनि सुनिएको थियो ।
छलफलको निष्कर्षमा महासंघको कोरिया शाखाकै स्वामित्वमा एउटा साझा वेवसाईट संचालन गरी महासंघमा आवद्ध पत्रकारहरुले सयूक्तरुपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । साथै महासंघले अन्य वेबसाइटहरुबाट मुक्त भइ नयाँ साइट सञ्चालनको लागि सक्रिय हुन आग्रह गरेको छ । महासंघको निर्णय लगत्तै नेपाल कोरिया न्यूज डटकमका सम्पादक रघु त्रिपाठीले राजीनामा दिनु भएको थियो ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...