नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रिया र संविधान निर्माणमा प्राथमिकता दिने बताएका छन्। नागरिकसँगको अन्तर्वार्तामा खनालले वामपन्थी र गैरवामपन्थी ध्रुवीकरणमा जान जरुरी नभएको बताएका छन्। सरकार गठनका लागि छलफल भइनसकेको उनले जानकारी दिएका छन्। खनालसितको अन्तर्वार्ता-
तपाईंको सरकारका प्राथमिकता के हुन्छन्?
तपाईंको सरकारका प्राथमिकता के हुन्छन्?
यतिबेला धेरै ठूला चुनौतीबीच म प्रधानमन्त्री बनेको छु। मुलुकका सामु अवसर पनि छन्, तिनलाई पक्रन ढिला भएको छ। ती अवसरलाई पक्रनको निम्ति दृढतापूर्वक सामना गर्नुपर्छ। शान्ति प्रक्रिया र संविधान निर्माणलाई पूर्णतामा पुर्याउन मेरो सरकारको पूर्ण ध्यान हुन्छ।
तपाई संसदमा भएको वाम मतबाट मात्रै प्रधानमन्त्री निर्वाचित हुनु भएको छ। नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने भनिसकेको स्थितिमा सरकारलाई सहज होला?
यसलाई मैले अस्वाभाविक रुपमा लिएको छैन। तर, यो नेपाली कांग्रेसले पनि सहमतिको अनुभूति गरेको सरकार गठनको सुरुआत हो। मैले राष्ट्रिय सहमतिको सरकारमा मुलुकलाई पुर्याउन दृढ प्रयत्न गर्छु। राष्ट्रिय सरकारबाट मात्रै शान्ति र संविधान निर्माण हुनेछ।
तपाईंले पाएको मत वामपन्थी मतमात्र छ। के तपाईंले वाप धु्रवीकरणको सरकार मात्र बनाउन खोज्नु भएको हो?
तपाईंले पाएको मत वामपन्थी मतमात्र छ। के तपाईंले वाप धु्रवीकरणको सरकार मात्र बनाउन खोज्नु भएको हो?
वामपन्थी र गैर वामपन्थी धु्रवीकरणमा जानु विल्कुलै जरुरी छैन। मुलुकमा वामपन्थी धु्रवीकरण जरुरी छैन। कथित लोकतान्त्रिक मोर्चा बन्न पनि जरुरी छैन। अहिले लोकतान्त्रिक र अलोकतान्त्रिक भनेर विभाजन गरेर जानुपर्ने अवस्था छैन। सम्पूर्ण शक्ति एकतावद्ध भएर एकै शक्ति हुनुपर्छ।
तपाईंको नेतृत्वमा बन्ने सरकारमा को को सहभागी बन्छन्?
हामीले सरकार गठनबारे छलफल गरेका छैनौं। सरकारमा सहभागी सबै राजनीतिक पार्टी एक ठाउँमा बस्छौं। छलफलबाट सरकारको नीति तथा कार्यक्रम, आचार संहिता बनाएर अघि बढ्छौं।
शान्ति प्रंक्रिया र संविधान निर्माणमा देखिएको अवरोध हटाउन के गर्नुहुन्छ?
शान्ति प्रंक्रिया र संविधान निर्माणमा देखिएको अवरोध हटाउन के गर्नुहुन्छ?
विशेष केही छैन। लोकतान्त्रिक संविधानमा प्रतिवद्ध भएर जाने हो। मुलुकलाई सामाजिक(आर्थिक रुपान्तरणमा दृढ भएर यो सरकार अघि बढ्छ। मुलुकको आर्थिक प्रगतिका लागि क्रियाशील हुनुपर्छ। शान्ति प्रक्रिया अहिलेसम्म जुन ढंगल अघि बढेको छ, त्यसलाई तीव्रता दिन्छु। ठोस कार्यतालिका बनाएर अघि बढ्छु।
तपाईंलाई पार्टीभित्रै माओवादीको नजिक भएको आरोप छ, उसैको सहयोगमा तपाईं प्रधानमन्त्री भएपछि यो पुष्टी भयो हैन?
मेरो पार्टीमा यस्तो आरोप छैन। यो मिडियाले ममाथि लगाएको आरोपमात्र हो। यो आरोप मिथ्या सावित भएको छ । @ Nagariknews
.jpg)

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...