आफ्नी छोरीको घाँटी थिचेर हत्या गरेको आरोप लगाउँदै पृथ्वीनगर गाविस ५ की तारा गुरागाँइको परिवारले सोही स्थानका तुलाराम खड्कालाई पीडित परिवारले हदैसम्मको कारबाही हुनु पर्ने माग गरेको छ ।
पीडितको घरमा घटनाको विषयमा बुझ्न ०६७ फागुन १६ गते गएको मानवअधिकारकर्मी र संचारकर्मीको टोलीलाई पीडित परिवारले राज्यलाई दबाव दिई कारबाहीको पहल गरिदिन यसरी आग्रह गरेका हुन् ।
घटना विवरणका अनुसार पृथ्वीनगर गाविस ५ की ३३ वर्षीया तारा गुरागाईँलाई सोही स्थानका ३८ वर्षीय तुलाराम खड्काले आफ्नो घरमा थाह नदिईकन गलत नाम बताउँदै ०६७ पुस १४ गते घरबाट भद्रपुर बजार बोलाई लिएर भागेका थिए । त्यसपछि उनले ती युवतीलाई जनकपुरको होटल मानकीमा राखेर ०६७ पुस १६ गते राती हत्या गरी फरार भएको प्रहरीको दाबी छ ।
मोबाइलमा गरेको फोनको आधारमा खड्काले ०६७ पुस १४ गते र त्योभन्दा अघि गरेका फोनको आधारमा प्रहरीले आरोपित खड्काको खोजतलास गदै आएको थियो । सोहीक्रममा ०६७ फागुन ६ गते पीडितका दाजु भिम गुरागाइँको सहयोगमा प्रहरीले पीडक खड्कालाई सुनसरीको इटहरीबाट गिरफ्तार गरि झापा जिल्ला प्रहरी कार्यालय ल्याई घटनाको विषयमा अनुसन्धान गरेको थियो ।
शुरुमा उनले ती महिलालाई भारत लगेर बेचेको बयान दिए पनि पछि उनले आफूले जनकपुरमा लगेर मारेको बताएका थिए ।
जनकपुरमा हत्या भएकी महिलाको सो समयमा प्रहरीले मुचुल्का उठाई बेवारिसे भएको बताउँदै दाहसंस्कार गरेको थियो । खड्कालाई ०६७ फागुन १० गते जिल्ला प्रहरी कार्यालय झापाबाट अड्डासार गरी जिल्ला प्रहरी कार्यालय धनुषा लगी ज्यान मुद्दाअर्न्तगत कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त थापाले बताएका छन् । उता धनुषाका प्रहरी प्रमुख एसपी दिनेश अमात्यले खड्कामाथि थप आवश्यक अनुसन्धान भइरहेको र हत्यारा भएकोले हदैसम्मको कानूनी कारबाही गरिने प्रतिबद्धता जनाएका छन् ।
Purbeli Times


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...