धेरै भयो, नायिका नम्रता श्रेष्ठ अभिनित सिनेमा रिलिज नभएको । नेपाली सिनेमालाई माया गर्ने दर्शकहरु र नम्रताका प्रशँसकहरु आतुर छन्, नम्रतालाई फेरी सिनेमाको पर्दामा हेर्न ।
तर नम्रता भने हाल ब्यक्तिगत कामका निमित्त ब्यस्त देखिन्छिन् । ‘आजकाल म मेरै कामका लागि समय दिईरहेको छु’, नम्रताले भनिन्, ‘यता रेष्टुँरातिर पनि हेर्दैछु अनि अर केहि निजी कामहरु मिलाउदै छु’ । त्यसो त उनी अभिनित सिनेमा ‘मिस यु’को धमाधम डबिङ्ग कार्य भेरहेको छ । पहिला देशबाहिर प्रदर्शन गर्ने त्यसपछि छिट्टै नै सिनेमालाई देशभित्र प्रदर्शन गराईने, यसका निर्देशक सुरेस दर्पण पोखरेलले बताएका छन् ।लाजिम्पाटमा नम्रताको ‘एटिक’ नामक रेष्टुँरा छ, जहाँ उनी आफ्नो खाली समयलाई उपयोग गर्छिन् । केहि प्रोजेक्टमा काम गर्न स्क्रिप्ट हेरिरहेकी उनले तत्काल कुनै पनि प्रोजेक्टका लागि साईन चैं गरेकी छैन् । ‘कुनै नयाँ फिल्ममा काम गर्ने भएँ भने म तपाईहरुलाई भनिहाल्छु नि’, नम्रताले भनिन् ।
‘सानो सँसार’बाट नेपाली सिनेमा क्षेत्रमा उदाएकी नम्रताले त्यसपश्यात् ‘मेरो एउटा साथी छ’मा अभिनय गरेकी थिईन् । सिमोस सुनुवार निर्देशित ‘फष्टलभ’मा उनी अतिथि कलाकारका रुपमा देखिएकी थिईन् ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...