सभासद् खड्काप्रति हार्दिक समवेदना


झापा जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित, झापा जिल्ला अनारमनी गाविस वडा नंं. ६ मा स्थायी वसोवास गर्दै आउनुभएका माननिय सभासद श्री गौरीशंकर खड्काको यहि मिति २०६७।११।९ गते विहान ६ बजे भएको असामयिक निधनप्रति समग्र झापाबासी शोकस्तव्ध भएको छ । खड्काको निधनले समाजका एक असल अभिभावक, राजनैतिक व्यक्तित्व, सच्चा समाजसेवी गुमाउनु परेको छ । समाजका अग्रज राजनैतिक व्यक्तित्व तथा सभासद्  खड्काको निधनले शोकमा रहनुहुने परिवारजन, सम्पूर्ण आफन्त तथा शुभचिन्तकहरुमा धैर्यधारण गर्न सक्ने क्षमता मिलोस भन्ने कामना गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दछौं ।
मेचीनगर अनलाईन परिवार

1 comment:

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...