शोभित बस्नेत यो नेपालीहरुका लागि अपरिचित नाम होईन । उनले दुई दर्जन नेपाली चलचित्रमको निर्देशन, निर्माण तथा अभिनय गरिसेका छन् । नेपाली चलचित्रमा उद्योगमा बस्नेतको देन अपुरणीय छ । नेपाली चलिचित्रका युवा निर्देशन, निर्माता, तथा अभिनेता समेत भएर देखा पर्ने बस्नेतले निर्देशन गरेको चलचित्र चिनोको प्रर्दशनको क्रममा झापा आएका बेला मेचीनगर अनलाईनका लागि दिनेश कार्की र प्रकाश पौडेलले उनिसँग गरेको कुराकानीको सारसंक्षेप ः
हाल के गर्दैहुनुहुन्छ् ?
चिनोको प्रर्दशनका लागि पूर्व आएको छु । चिनको प्रर्दशनसँगै बरदान र युवराजको तयारीमा लागेको छु ।
तपाई आफूलाई पर्दा पछाडि काम गर्न रुचाउनु हुन्छ की अगाडि ?
पछाडि । तर कहिले काही आफूलाई हिरो हुन मनलाग्छ अनि पर्दा अगाडि पनि देखा पर्छु ।
कतिवटा चलचित्रमा अभिनय गरिसक्नु भयो ?
२३ वटा चलचित्रमा अभिनय तथा निर्देशन गरिसकेको छु साथै आफूले निदेर्शन गरेको चलचित्रसँगै युवराजन लामा, दिनेश डिसीले निर्देशन गरेको चलचित्रमा पनि अभिनय गरेको छु ।
तपाईलाई अहिलेसम्म सबैभन्दा बढी मन परेको चलचित्रको नाम लिनुपर्दा ।
मन । जुन चल्दैचलेन । सबैभन्दा मन नपरेको कर्णबिर तर त्यो चाहिँ एकदम राम्रोसँग चल्यो ।
कति वर्ष भयो यो क्षेत्रमा लागेको ?
२० बर्ष बढी भयो ।
कस्तो पहिरन मनपर्छ ?
जिन्स पाइन्ट र टिसर्ट ।
पूर्वमा पनपरेको ठाउँ ?
प्राय सबै मन पर्यो । यहाँको हावापनी एकदम पन पर्छ । अनि उर्लाबारीको कञ्चनजंगा होटलको नाम नलिने त कुरै भएन ।
कस्तो खाना मन पर्छ ?
नेपाली खाना । दाल भात तरकारी अनि त्यसमा कुखुराको मासु । विशेष गरी पूर्वको् वासमति चामलको खाना ।
कति दिन भयो यहाँ आउनु भएको ?
४ दिन भयो । अझै बसिन्छ । आगामी चलचित्र युवराज र बरदानको आधा जति यतै सुटिग गर्ने विचारमा छु त्यसको लागि लोकेशन हेर्दैछु ।
कलाकारीता रोज्नु हुन्छ कि परिवार ?
परिवार पनि छोड्दिन कलाकारिता पनि । किनभने यी दुबै मेरा लागि नभै नहुने कुरा हुन् ।
पूर्वका युवा पुस्ताको यो क्षेत्रमा क्रेज बढ्दो छ नी । यसलाई तपाईले कसरी हेर्नु भएको छ ?
साच्चै भन्नु पर्दा जुनसुकै क्षेत्रमा पूर्व उर्भर भूमि हो । यहाँबाट कलाकार मात्र होईन सबै क्षेत्रमा राम्रै प्रगति भएको छ । कलाकारिता क्षेत्रमा पनि राम्रै छ । अब यहाँका युवा पुस्ताहरुले होडबाजी भन्दा पनि विचार विमर्श गरेर सहि तरिकाले लागेमा निकै राम्रो हुनेछ ।
अन्त्यमा केही छ की ?
सबैभन्दा तपाई लगायत तपाईको युनिटलाई धन्यवाद । तपाईहरुले मेरो कुरा राख्ने मौका दिनुभएकोमा । नेपाली चलचित्रलाई माया गरिदिनुहोस् ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...