म कुकुर भएको भए


आजको प्रश्न ‘यदि तपाई कुकुर भईदिएको भए, कसलाई टोक्नुहुन्थ्यो ?’

आर्यन सिग्देल, नायक

यदि म कुकुर हुन्थे भने फिल्म लाईनलाई बिगार्ने दुई चार जना मान्छेहरु छन, तिनीहरुलाई टोकिदिन्थेँ । फेरी यसरी टोकिदिन्थेँ कि रेबिजको भ्याक्सिनले पनि मेरो टोकाईलाई निको पार्न सक्दैनथ्यो ।

श्वेता खड्का, नायिका
हाँस्दै,,, साह्रै गाह्रो प्रश्न । अँ,, म कुकुर भएको भए अँ, देशका कुर्सीका लागि मात्र लुछाचुँडी गर्ने नेताहरुलाई टोक्थेँ । काम चैँ नगर्ने खाली झगडा मात्रै गर्नेलाई कहाँ त्यसै छाड्नु । अरु कस्लाई टोकौँ, खै यति नै हो । अरु मेरो दुश्मन को छ र ?

प्रशन्न पौडेल, निर्देशक
नेपाल कै कुकुर हैन त ? ल ठिक छ, यदि म खतरा नेपाली कुकुर हुन्थेँ भने म आफैलाई टोक्थेँ । किनकी हामी निदाएका छौँ, राजनीतिक चलखेल बिच बाचेँका छौं, त्यसकारण म आफैलाई टोक्थे तर टोक्नुभन्दा अगाडी नजिकैको स्वास्थ्य चौकी गएर रेबिज बिरुद्धको खोप चैं जरुर लाउँथे ।

नम्रता श्रेष्ठ, नायिका
यदि म कुकुर भएको भए,, मान्छेलाई टोक्दिनथेँ । कुकुरले नै खाना जस्तै हड्डी टोक्थेँ । अब थाहा पाउनु पर्यो नि त हैन, साधारणतया हामीले टोक्दा र कुकुर भएर टोक्दा के फरक हुनी रै’छ ।

बिनय श्रेष्ठ, नायक
आहो, टोक्नै पर्ने ? लौन । भन्छन् नि भुक्ने कुकुरले टोक्दैन भनेर । म कुकुर भएको भए, भुक्थेँ मात्रै तर कसैलाई टोक्दिनथेँ । नटोक्न पाईन्छ नि हैन र ?

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...