ताप्लेजुङ,
फुङलिङ सिम्लेकी कल्पना गुरागाईंलाई एक गाग्रो पानी भर्न धेरै समय लाग्छ । धारामा हुने भीड छिचोल्न विहान चार बजे नै गाग्रो डोकामा हालेर धारा पुग्छिन् । पालो पाए पनि एउटा गाग्रो भर्न डेढ घण्टा कुर्नुपर्छ ।
पछि परियोभने पालोमै बिहान १० पनि बज्न सक्छ ।
कल्पनाको मात्रै नभएर यो गाउँका धेरै गृहणीलाई यस्तो मर्का परेको छ । खानेपानीको लाममै धेरै समय बित्छ । पानीका पाइप घरघर पुर्याइए पनि लामो समयसम्म वषर्ा नहुँदा मुहानहरू सुकेकाले यस्तो समस्या आएको हो । 'घरका नालामा पानी नचलेपछि अहिले सबै गाउँलेको एक मात्र स्रोत यस्ता धारा हुन थालेका छन् । 'तर, ती पनि सुकेर विजोक भयो' कल्पनाले भनिन् ।
गाउँमा डेढ सयभन्दा बढी घर छन् । यस्ता मुहाने धाराहरू भने चारवटा मात्रै छन् । 'अघिल्लो सालसम्म त चैतमा पनि यो भन्दा ठूलो पानी हुन्थ्यो ।
यो वर्ष त फागुन नलाग्दै मुहान सुके' सिम्लेकी ८२ वषर्ीय केशरी पौडेलले भनिन् । उनका अनुसार अहिले यो गाउँका चौपायाका लागि पनि पानी पर्याप्त छैन । 'मान्छेलाई नै गाह्रो भएपछि पशुले कसरी पाउँथे ?, उनले भनिन् 'घरैपिच्छे भैंसी छन् । तिनलाइ दिंदा एउटैले चार/पाँच गाग्रासम्म पानी खान्छन् ।'

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...