![]() |
| पक्राउ परेका ट्रक । |
दुई ट्रक अवैध सुपारी भारततर्फ लैजाँदै गरेको अवस्थामा सोमबार विहान झापाको लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथीभरा गणले पक्राउ गरेको छ ।
ना२ख ९२१२ र ना२ख ४११९ नम्बरको दुईवटा ट्रकमा २१लाख मूल्य बराबरको अवैध सुपारी भारतको किसनगञ्जतर्फ लाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको हो । विहान १० बजे चेकजाँचका क्रममा झापाको शनिश्चरे-४ स्थित सजन ट्रेर्डसको नाममा नक्कली विल बनाई भारततर्फ लाँदै गरेको अवस्थामा सो परिणामको सुपारी पक्राउ गरिएको गणले जनाएको छ । सुपारी आवश्यक अनुसन्धानको लागि राजस्व कार्यालय इटहरीमा बुझाइएको र चालकसहित ट्रकलाई नियन्त्रणमा राखिएको जनाइएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...