आठ हजारद्वारा सामूहिक गिरफ्तारी


सिलिगुडी/ छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दैआएका नेपालीभाषी भारतीयहरुले सोमबार सामूहिक गिरफ्तारी दिएका छन् ।
सुरक्षाकर्मीको धरपकड र दुव्र्यवहारको विरोध गर्दै ८ हजारभन्दा बढी सर्वसाधारणले सामूहिक गिरप्ः्तारी दिएका हुन् । राज्य सरकारद्वारा परिचालित सीमा सुरक्षा बल र केन्द्रीय अर्धसैनिक बल रातको समयमा आएर सर्वसाधारणलाई कुटपिट र लुटपाटसमेत गरेको उनीहरुको आरोप छ । मोर्चाका महासचिव रोशन गिरीका अनुसार दार्जिलिङ, खर्साङ, मिरिक र कालिम्पोङका गाउँ–गाउँबाट सर्वसाधारणले स्वतस्फूर्त गिरफ्तारी दिएका हुन् । बङ्गाल सरकारको अत्याचारका विरुद्धमा सामूहिक गिर फ्तारी सुरु गरिएको गिरीले बताए । यता ६ दिनदेखि जारी अनिश्चितकालीन दार्जिलिङ बन्द अझै यथावत् छ ।
सर्वसाधारणको असुविधालाई मध्यनजर गर्दै मोर्चाले एक दिन बन्द खोल्ने जनाए पनि सर्वसाधारणले नखोल्न आग्रह गरेपछि यथावत् राखियो । मोर्चा महासचिव गिरीले भने, ‘सर्वसाधारणले निर्णयमा पुर्‍याएर मात्रै खोल्न आग्रह गरे, त्यसैले यथावत् राखियो ।’ मोर्चाले डुबर्समा भने दुईअघि नै बन्द खोलेका थियो ।
यसैबीच जारी गोर्खाल्याण्ड आन्दोलनलाई पूर्वोत्तरका नेपालीभाषीले साथ दिने भएका छन् । मोर्चाको उत्तरपूर्वी समन्वय समिति मेघालयका सचिव बीआर जोशीले गोर्खाल्याण्ड आन्दोलन निष्कर्र्षका पुर्‍याउन पूर्वोत्तरका नेपालीभाषीको साथ रहने बताए । उनले गोर्खाल्याण्डको निर्माणपछि पूर्वोत्तरका नेपालीभाषीले सुरक्षित महसुस गर्ने बताए । 
पूर्वोत्तर राज्यका विभिन्न नेपालीभाषी संघसंस्थाले असमको गुवाहाटीमा गोर्खाल्याण्डको माग गर्दै बिहीबार धर्नासमेत दिएका थिए । पूर्वोत्तर भारतको असम, मेघालय, मिजोराम, नागाल्याण्ड, अरुणाञ्चल, मणिपुर, त्रिपुरालगायतका क्षेत्रमा २७ लाखभन्दा बढी नेपालीभाषी बसोबास गर्दैआएका छन् ।
With Reference to Blast Times Daily

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...