मीन प्रकाश उप्रेती
द.कोरिया (सीओल) / लामो समय देखि दक्षिणकोरियाको यन्सु युनिभरसिटि कृष्चियन हस्पिटलको कोमामा जीवनमरणको दोसांधमा रहेका झापा राजगढ ६ निवासी प्रमोद चन्द्रओली लाई कोरिया बासि नेपालीहरुले आर्थिक सहयोग गरेका छन ।
![]() |
| ओलीको सहयोगको लागि उठेको आर्थिक सहयोग राजदुतलाई हस्तान्तरण गर्दै अध्यक्ष मिनप्रकाश उप्रेती । |
झापा मिलन समाज कोरियाको बिषेश पहल तथा कोरिया स्थित नेपाली दुतावास ,गैर आवासिय संघ , नेपाली कोरिया सम्पर्क समिति ,ब्यपार संघ र कोरियाका पत्रकारहरुको सहयोमा संकलन गरिएको १ लाख ६ हजार ३ सय रुपंया कोरियाका लागि नेपाली राजदुत माहामहिम कमल कोईराला र झापा मिलन समाज कोरियाका अधक्ष्य मीन प्रकाश उप्रेतीले संयुक्त रुपमा प्रमोचन्द्रका दाजु मोहन ओली लाई हस्तान्तरण गरेका हून ।
गत शनिबार सउलको एम टि यु भवनमा झापा मिलन समाज द्धारा आयोजित चियापान तथा अंतरकृया कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै राजदुत कमल कोईरालाले झापा मिलन समाज कोरियाले ओलीको लागि आर्थिक जुटाउन गरेको पहलको सरहाना गर्दै आपतमा परेका नेपालीलाई सहयोग गर्न सम्पुर्ण नेपाली एक हुनु पर्ने बताएका छन ।
यसै गरी झापामिलन समाज कोरियाका अधक्ष्य मीन प्रकाश उप्रेतीले ओलीका लागि सहयोग गर्नु हुने सम्पुर्ण कोरिया बासि नेपालीलाई हार्दिक धन्यबाद ब्यक्त गरेका छन । अझै पनि ओलीलाई उपचारकालागि आर्थिक अपुग भएको हँुदा देश बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुलाई प्रमोद चन्द्र ओलीलाई सहयोग गर्न उप्रेतीले अनुरोध गरेका छन ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...