हत्या गरी गाडिएको लासको प्रहरीद्वारा उत्खनन्


अनारमनी गाविस-१ निवासी २० वर्षीया शारदा चौधरीको पति अर्जुन चौधरीले हत्या गरी गाडेको लासको प्रहरीले आज उत्खनन् गरी आरोपीहरुलाई गिरफ्तार गरेको छ ।
घट्ना विवरण अनुसार स्थायी घर भारत वंगालको जयगाउँ भएकोमा एक वर्षअघिदेखि उक्त स्थानमा पति, पत्नी, नावालक छोरा र अर्जुनका भाई १५ वर्षीय करण चौधरी सहित ४ जना बसोवास गर्दै आईरहेका थिए । पति, पत्नीबीच विगत देखिनै वादविवाद हुँदै आएकोमा माघ २३ गते बिहान अर्जुनले पत्नीलाई घाँटीमा डोरीले बाँधेर हत्या गरी आँगनमा खाल्डो खनेर गाडेका थिए । स्थानीयवासीको सुराकीका आधारमा प्रहरीले आज दिउँसो ४ बजे मृतकको शवको उत्खनन् गरेको थियो । आरोपीहरु अर्जुन र करण दुवैलाई प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखेको इन्स्पेक्टर सुरेन्द्र सिटौलाले बताए । लास मेची अञ्चल अस्पतालको शव गृहमा राखिएको इन्स्पेक्टर सिटौलाले जानकारी दिए

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...