२० माघ, इनरुवा । सुनसरीको इनरुवामा शुक्रबारदेखि जिल्लास्तरीय कुस्ती प्रतियोगिता आयोजना गरिने भएको छ । जिल्ला खेलकुद समिति सुनसरीको आयोजनामा शुक्रबार र शनिबार पूर्वाञ्चलब्यापी जिल्लास्तरीय कुस्ती प्रतियोगिता हुने भएको हो । नेपालको पुरानो पहिचान बोकेको कुस्ती बदलिँदो समय र परिस्थितीसँगै लोप हुन लागेकाले खेल सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ ।
ओलम्पिक मान्यताका आधारमा खेल आयोजना गरिने जनाउँदै आयोजकले ६० र ६२ केजी तौल समूहका खेल हुने जानकारी दिएको छ ।नेपाल खेलकुद महासंघ सुनसरीका अध्यक्ष तिर्थ अधिकारीले प्रतियोगितामा पूर्वाञ्चलभरीका खेलाडी समेट्ने प्रयास भईरहेको जानकारी दिनुभयो । प्रतियोगिताको लागि सिरहा, सप्तरी, मोरङ, झापा, इलाम र सुनसरीका खेलाडीहरुको सहभागिता सुनिश्चित भईसकेको आयोजकले जनाएको छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...