भिसा दुरुपयोगप्रति बेलायत गम्भीर-
काठमाडौँ, माघ २० - विद्यार्थी भिसा दुरुपयोग गरी गैरकानुनी काममा संलग्न भएको आरोप लगाउँदै बेलायतले पाँच नेपाली नागरिकलाई गिरफ्तार गरी एक साता हिरासतमा राखी नेपाल फर्काएको छ। उनीहरुलाई कार सफा गरिरहेका बेला समातिएको थियो।बेलायती दूतावासले आज प्रेस विज्ञप्ति जारी गर्दै दिएको जानकारी अनुसार बरी सेन्ट एडमन्डस् सहरमा कार धुने काम गरिरहेका ती नेपालीलाई गिरफ्तार गरी एक साताभित्रै नेपाल फर्काइएको थियो। ती नेपालीको परिचय नखुलाइए पनि चार जना विद्यार्थी भिसामा बेलायत पुगेर पनि पढ्ने नगरेको र एक जना अध्ययनरत् रहे पनि अनुमति दिइएको समयभन्दा बढी काम गरिरहेको जानकारी दिइएको छ।
ती विद्यार्थीलाई स्पोन्सर गर्ने कलेजलाई पनि सरकारले छानबिनको दायरामा राखेको विज्ञप्तिमा उल्लेख छ। टायर फोर विद्यार्थी भिसाअन्तर्गत बेलायत पुगेका विद्यार्थीहरु कलेजमा अनुपस्थित भए त्यसको जानकारी अध्यागमन विभागलाई दिनुपर्ने प्रावधान रहेको त्यसमा उल्लेख छ।
अध्यागमन मामिलासम्बन्धी मन्त्री डामियन ग्रीनले भिसाको दुरुपयोग गर्ने र पढ्नको साटो बस्न र काम गर्न आउनेहरुमाथि कारबाहीको शृङ्खला सुरु गर्ने बताएका छन्। @ नागरिक

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...