धरानमा माओवादीको युवा प्रशिक्षण


१५ फागुन, सुनसरी । शान्ति र संविधानमा अवरोध भए जनविद्रोह गर्ने घोषणा गरेको एकीकृत नेकपा माओवादीले त्यसको तयारीस्वरुप देशव्यापी युवा प्रशिक्षण जारी राखेको छ । माओवादीको युवा परिचालन व्युरोले देशव्यापी रुपमा सुरु गरेको युवा प्रशिक्षण अन्तर्गत आइतबार पूर्वान्चलको धरानमा प्रशिक्षण हुँदै छ ।
प्रशिक्षणमा विकास निर्माण, उत्पादन, संघर्ष र अहिलेको समसामयिक विषयमा प्रशिक्षित गरिने युवा परिचालन व्युरोका सदस्य तथा वाईसीएल अध्यक्ष गणेशमान पुन ‘रश्मी’ले जानकारी दिनुभयो । माओवादीका सचिव सिपी गजुरेल ‘गौरव’ लगायतका नेताहरुले युवाहरुलाई प्रशिक्षण दिनु हुनेछ । अर्को प्रशिक्षण कार्यक्रम बुटवलमा मंगलबार हुने युवा परिचालन व्युरोले जनाएको छ ।
यसअघि माओवादीले गएको बुधबार काठमाडौं उपत्यकामा प्रशिक्षण आयोजना गरेको थियो ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...