झापामा बिहिबार राति स्थानीय जनताको प्रतिकारमा भारतीय एक गोरु चोरको मृत्यु भएको छ भने चोरको गोली प्रहारबाट एक स्थानीय व्यक्ति पनि घाइते भएका छन्।
भारतको लोहागढा बस्ने ४० वर्षीय उसमान अलि मियाँको प्रतिकारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। पथरिया–८ बस्ने तारा प्याकुरेलको गोठबाट एकजोडा गोरु चोरेर लगिरहेको थाहापाई स्थानीय जनताले लखेट्दा प्रतिकार हुँदा मियाँको मृत्यु भएको र उनका साथी नुर आलम र सैफुदिन आलमलगायतका चोर भाग्न सफल भएको प्रहरी उपरीक्षक रवीन्द्र शर्माले जानकारी गराउनुभयो।
उनीहरुले बन्दुक चलाउँदा दीनानाथ अधिकारीको दाहिने हातमा गोलीको छर्रा लागेको र उनको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको बताइएको छ। उनको अवस्था सामान्य रहेको छ।
उक्त घटनाको खबर पाउनासाथ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाएको थियो l
रासस

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...