झापाका भिन्नाभिन्नै स्थानमा आज भएका सवारी दुर्घटनामा एक नावालकसहित आठजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको घैलाडुव्बा ९ स्थित लक्ष्मीपुरमा पश्चिमतर्फ जाँदै गरेको को १ ख १९६३ नम्वरको यात्रु वस अनियन्त्रित भइ सडकमा पल्टँदा वसमा सवार ६ जना घाइते भएका छन् ।
दुर्घटनामा झापा शनिश्चरे ३ की मनिता तामाङको ९ महिने नावालक छोरासहित अर्जुनधारा ३ का ५५ वर्षीय नगेन्द्र सिवाकोटी, मेचीनगर नगरपालीका १० का ५० वर्षीया नरमाया सुवेदी, सोहि ठाउँ वस्ने अम्विका सुवेदी, इलाम लुम्वेकका १८ वर्षीय हर्क गजमेर, इलाम नगरपालिकाका २५ वर्षीय प्रकाश खड्का घाइते भएका हुन् ।घाइते सवैको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
उता झापाकै सतासीधामस्थित दुधे चोकमा पश्चिमतर्फ जाँदै गरेको वा ३६ प ७३५६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सतासीधाम ६ की १४ वर्षीया उषा चौधरी गम्भिर घाइते भएकी छन् ।
घाइतेलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ भने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।
त्यस्तै झापाको दमक १४ मा आज गुडिरहेको को १ ख १९६१ नम्वरको यात्रु वसवाट खसेर दमक १० का ३८ वर्षीय मदन खड्का गम्भिर घाइते भएका छन् ।घाइते खड्काको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...