एकिकृत माओवादीका केन्द्रिय सदस्य एवम् सभासद गौरीशंकर खड्काको मंगलबार झापाको कन्काई माई नदीमा अन्त्येष्टि गरिएको छ ।
मंगलबार दिउँसो ३ बजेसम्म कन्काई माईको कोटीहोम प्राङ्गणमा भएको अन्तिम श्रद्धान्जली कार्यक्रमपछि उहाँको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको थियो । खड्कालाई उहाँका एक मात्र छोरा युपेशले दागबत्ती दिएका थिए ।
अन्तिम श्रद्धान्जली कार्यक्रममा बोल्नुहुँदै एकिकृत माओवादीका केन्द्रिय सचिव तथा पूरूवाञ्चल इन्चार्ज सिपी गजुरेलले नेता खड्काको मृत्युबाट माओवादी पार्टीमात्र मात्र होईन देशले नै एउटा इमान्दार, जुझारु नेता गुमाएको बताउनुभयो । उहाँको शरीर मरेर गए पनि उहाँको बिचार सदैव जिवित रहने गजुरेलको भनाई थियो ।
अन्त्येष्टि कार्यक्रममा एकिकृत माओवादीका केन्द्रिय सदस्य प्रल्हाद बुढाथोकी, गांगा श्रेष्ठ, धर्मचन्द्र लावती, झापा क्षेत्र नं ३ का सभासद धर्मशिला चापागाई, झापा क्षेत्र नं ७ का बिश्वदिप लिङदेन लगायत दशौं हजार सर्वसाधारणको उपास्थिति रहको थियो ।
अन्त्येष्टि कार्यक्रमअघि बिर्तामोड बजारमा खड्काको शवयात्रा गरिएको थियो ।
बोन म्यारो क्यान्सरबाट पिडीत नेता खड्काको हिजो बिहान ललितपुरको बि एण्ड बी अस्पतालमा मृत्यु भएको थियो । डेढ महिना अघि बिरामी पर्नु भएको नेता खड्काको काठमण्डौको ओम नर्सिंङहोममा चिकित्सकहरुले जाँच गर्दा क्यान्सर भएको थाहा भएको थियो । क्यान्सर भएको थाहा हुन साथ उहाँलाई थप उपचारको लागी भारतको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा उपचार लागि लगिएको थियो । त्यसपछि लालितपुरको बि एण्ड बीमा उहाँको उपचार भैरहेको थियो ।
२०१६ साल भदौ ३ गते तेह्रथुमको इसिबुमा जन्मिएका खड्का ३५ सालदेखि बाम बिद्यार्थी आन्दोलनमा प्रबेश गर्नु भएको थियो ।
उहाँको एक छोरा युपेश र पत्नी सिता खड्का छिन् ।
हाल उहाँ पार्टी केन्द्रिय सदस्य तथा कोचीला राज्य समितिको सचिवको जिम्मेवारी सम्हाली रहनुभएको थियो भने संबिधानसभाको निर्वाचनमा झापा क्षेत्र नं २ बाट संविधान सभासदमा बिजयी बन्नुभएको थियो । @ Purbeli Times


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...