निशा ओली
सुरुङ्गा १५ फाल्गुन÷ झापा सुरङ्गाको तुलसीबारी स्थित गोकर्णेश्वर शिव पाञ्चायन मन्दिरमा एकदशाहा धान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन भएकोमा सम्पूर्ण भक्तजनहरु हर्षित भएका छन् । २०४२ सालमा स्वर्गीय कुलबहादुर कार्कीको स्मृतिमा पत्नी टंकमाया कार्की, छोराहरु स्व. तोयाबहादुर, दिलबहादुर कार्की छोरी कृष्ण कुमारी कार्की (ओली) तथा उहाँका परिवारले तुलसीबारीमा मन्दिर निर्माणका लागि तीन कठ्ठा दुई धुर जग्गा (हालको ३७ लाख) छुट्याई मन्दिरको शिलान्यास केशवकुमार बुढाथोकीबाट भएको थियो तर विभिन्न कारणले गर्दा निर्माण हुन नसकेको सो मन्दिर भने अब निर्माण हुने भएको छ ।
जग्गादाता र स्थानीयहरुको सक्रियातामा ११ दिने श्री शिवमहापुराण धान्याञ्चल महायज्ञको आयोजना गरी प्रमुख प्रखर युवा पंडित विष्णुप्रसाद खतिवडा, उपवाचक लक्ष्मी प्र. पौडेल ज्यूको वाचनकत्वमा पुराण सञ्चालन भइरहेको छ ।पुराणको ८औं दिनसम्म दाताहरुको दान गर्ने क्रम जारी छ । पुराणमा दान गर्ने दाताहरुमा दिलबहादुर कार्की ३,११,१११, पारस उप्रेती १,१५०००, रुद्र प्रसाद चिमरिया १,११,१११, कृष्ण कुमारी कार्की (ओली) ५१,१११, रकम दान गरेका छन् । हालसम्म २० लाखभन्दा बढी रकम संकलन भएको पुराण समितिका सचिव हेमराज विमलीले मेचीनगर अनलाईनलाई बताउनुभयो ।
१ लाख भन्दा बढी दान गर्ने दाताहरुलाई रथमा चढाई दमाहा बाजा सहित दोसल्ला ओढ्याएर सुरुङ्गा बजार परिक्रमा गराई सम्मान गरिएको थियो । भौतिक संरचना पूनः निर्माण, सत्संग भवन साधना केन्द्र र मन्दिरको घेरावारा, मन्दिरको दिगो आयश्रोत वृद्धि गर्ने भवन निर्माण लगायतका उद्देश्यका साथ पुराण आयोजना गरिएको हो । लक्ष्यअनुरुप रकम संकलन भएमा विवाह, व्रतवन्ध तथा अन्य धार्मिक कार्यहरु सम्पन्न गर्ने सुविधाजनक स्थलको समेत निर्माण गरिने छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...